बाढीपीडितका लागि तुंदी कन्स्ट्रक्सनको १ करोड ५२ लाख सहयोग
१८ भाद्र, २०८३, बिहिवार
- कम्पनीका संस्थापक अध्यक्ष ऋषि प्रसाद सुवेदीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।
काठमाडौं: रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित नागरिकको राहत तथा उद्धारका लागि तुंदी कन्स्ट्रक्सन प्रालिले १ करोड ५२ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
कम्पनीका संस्थापक अध्यक्ष ऋषि प्रसाद सुवेदीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्। सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत बाढी तथा विपद् प्रभावितको राहत र उद्धारमा प्रयोग गरिनेछ।
रसुवा तथा आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीबाट तुन्दी कन्स्ट्रक्सन स्वयं पनि ठूलो क्षतिमा परेको छ। कम्पनीका ९ जना कर्मचारी अझै सम्पर्कविहीन छन् भने क्रसर प्लान्ट, ब्याचिङ प्लान्ट, एक्साभेटर, टिपरलगायत निर्माण उपकरण तथा सामग्रीमा समेत बाढीले ठूलो क्षति पुर्याएको कम्पनीले जनाएको छ।
आफैं ठूलो क्षति व्यहोरेको अवस्थामा पनि कम्पनीले प्रभावित समुदायको उद्धार तथा पुनःस्थापनामा आफ्ना स्रोतसाधन परिचालन गरिरहेको छ। कम्पनीले जनशक्ति, हेभी इक्विपमेन्ट र दक्ष अपरेटर परिचालन गरी अवरुद्ध सडक खुलाउने, पहिरो तथा बाढीले थुपारेको माटो–ढुंगा हटाउने र आपतकालीन सडक पुनःस्थापनाका काममा सहयोग गर्दै आएको छ।
त्रिशूली–३ ए क्षेत्रमा दक्ष अपरेटरसहितको एक्साभेटर केही दिनदेखि निरन्तर परिचालन गरिएको कम्पनीले जनाएको छ। उक्त टोलीले बाढी तथा पहिरोका कारण अवरुद्ध पहुँच मार्ग खुलाउने र आपतकालीन सडक पुनःस्थापनामा काम गरिरहेको छ।
त्यस्तै, नुवाकोटको ठूलो खोला क्षेत्रमा बाढीबाट प्रभावित सडक खुलाउन ट्रेलरमार्फत एक्साभेटर पुर्याएर अनुभवी अपरेटर परिचालन गरिएको छ। यसबाट स्थानीय समुदायको आवागमन सहज बनाउन तथा अत्यावश्यक पहुँच मार्ग शीघ्र सञ्चालनमा ल्याउन सहयोग पुग्ने कम्पनीको भनाइ छ।
कम्पनीले आफूले व्यहोरेको क्षतिका बाबजुद प्रभावित समुदायको उद्धार, राहत र पूर्वाधार पुनःस्थापनालाई सामाजिक उत्तरदायित्वका रूपमा अघि बढाएको जनाएको छ।
‘आफू पीडामा हुँदा पनि राष्ट्र र समुदायको साथमा’ भन्ने भावनासहित तुन्दी कन्स्ट्रक्सनले संकटको समयमा आफ्नो स्रोतसाधन, प्राविधिक क्षमता र जनशक्ति परिचालन गरी प्रभावित समुदायको साथमा उभिएको जनाएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी प्रभावित क्षेत्रको अनुगमनपछि गगन थापाको भावुक सन्देश: 'राज्य मात्र होइन, समाज नै अभिभावक बन्नुपर्छ'
-
देउवा पक्षले महाधिवेशनको तयारी गरेपछि कांग्रेसले बोलायो अनुशासन समितिको बैठक
-
कृष्णभीरमा सडकको ट्रयाक खोल्न रुख कटान शुरु
-
बाढीपीडितका लागि तुंदी कन्स्ट्रक्सनको १ करोड ५२ लाख सहयोग
-
हिमालयमा तीव्र गतिका हिम-चट्टान पहिरोको जोखिम बढ्दै, पूर्वसूचना दिन चुनौती
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।