भ्यालेन्सियामाथि बार्सिलोनाको शानदार जित

२०८३ भाद्र २२ सोमवार
सारांश
  • गएराती भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले सुरुदेखि नै प्रभावशाली प्रदर्शन गर्दै सहज जित निकालेको थियो ।

काठमाण्डौ, २२ भाद्र । बार्सिलोनाले स्पेनिस ला लिगामा भ्यालेन्सियामाथि ५-० को शानदार जित हात पारेको छ । गएराती भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले सुरुदेखि नै प्रभावशाली प्रदर्शन गर्दै सहज जित निकालेको थियो ।

 

बार्सिलोनाका लागि लामिन यामालले दुई गोल गरेका थिए भने फर्मिन लोपेज, राफिन्हा र पेड्रीले समान एक–एक गोल गरेका थिए ।

 

यामालले छैटौँ मिनेटमै फर्मिनको पासमा उत्कृष्ट प्रहार गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । २२औँ मिनेटमा एन्थोनी गोर्डनको पासमा फर्मिनले गोल गर्दै टोलीको अग्रता २–० मा पुर्‍याएका थिए । दोस्रो हाफ सुरु भएको चार मिनेटमै राफिन्हाले गोल थपेका थिए । यामाल र फर्मिनको संयोजनमा बनेको अवसरलाई राफिन्हाले नजिकैबाट गोलमा परिणत गरेका थिए । यससँगै उनले जारी सिजनका सुरुआती चार खेलमा छ गोल गरेका छन् ।

 

राफिन्हाले लगातार उत्कृष्ट प्रदर्शन गर्दै लियोनल मेसीको एउटा दुर्लभ कीर्तिमानसँग बराबरी गरेका छन् । टोलीका लागि सिजनका सुरुआती चार ला लिगा खेलमै छ गोल गर्ने २१औँ शताब्दीका दोस्रो खेलाडी बनेका राफिन्हाले मेसीले यसअघि दुई पटक बनाएको उपलब्धि बराबरी गरेका थिए । खेल सकिन ११ मिनेट बाँकी रहँदा पेड्रीले गोल गर्दै बार्सिलोनाको अग्रता ४–० पुर्‍याएका थिए। त्यसको पाँच मिनेटपछि यामालले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ५–० को फराकिलो जित दिलाएका थिए ।

 

यस जितसँगै बार्सिलोनाले ला लिगामा आफ्नो शतप्रतिशत जितको यात्रा कायम राखेको छ । रियल म्याड्रिड रियल बेटिससँग पराजित भएपछि बार्सिलोनाले शीर्ष स्थानमा तीन अंकको अग्रता समेत बनाएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार