- मेसीले पहिलो हाफमै गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफमा उनले थप तीन गोल गर्दै आफ्नो व्यक्तिगत गोल सङ्ख्या चार पुर्याएका थिए ।
काठमाण्डौ, १४ भाद्र । अमेरिकी मेजर लिग सकर अन्तर्गत भएको खेलमा इन्टर मियामीले मोन्ट्रियललाई ७-१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ । इन्टर मियामीको शानदार जितमा कप्तान लियोनल मेसीले चार गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेका छन् ।
खेलको शुरुआतदेखि नै आक्रामक देखिएको इन्टर मियामीका लागि कासेमिरोले गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि मोन्ट्रियलका फाबियन हर्बर्सले गोल गर्दै खेल बराबरीमा ल्याए पनि त्यसपछि इन्टर मियामीले लगातार गोल थपेको थियो ।
मेसीले पहिलो हाफमै गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफमा उनले थप तीन गोल गर्दै आफ्नो व्यक्तिगत गोल सङ्ख्या चार पुर्याएका थिए ।
मेसीको उत्कृष्ट प्रदर्शनसँगै लुइस स्वरेज र अलेजेन्डर शहले एक एक गोल गरेका थिए । मोन्ट्रियलको रक्षापंक्ति मियामीको लगातार आक्रमण रोक्न असफल भएपछि खेल ७-१ को फराकिलो अन्तरमा पुगेको थियो ।
यस जितसँगै इन्टर मियामीले महत्वपूर्ण तीन अंक जोडेको छ। पछिल्लो समय अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको मियामीका लागि मोन्ट्रियलविरुद्धको फराकिलो जितले टोलीको मनोबल बढाएको छ ।
यो जितपछि इन्टर मियामीको एमएलएसको इस्टर्न कन्फेरेन्समा २२ खेलमा ४२ अंकसहित दोस्रो स्थानमा छ भने मोन्ट्रियलको २२ खेलमा २१ अंक रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’