- स्पेनिस ला लिगाअन्तर्गत गए राति भएको खेलमा एट्लेटिको म्याड्रिडले सेभियालाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।
काठमाण्डौ, १४ भाद्र । स्पेनिस ला लिगाअन्तर्गत गए राति भएको खेलमा एट्लेटिको म्याड्रिडले सेभियालाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।
एट्लेटिकोको जितमा अलेक्स बाएनाले दुई तथा अडेमोला लुकम्यानले एक गोल गरेका थिए । बाएनाले खेलको चौथो र ३३औँ मिनेटमा गोल गरेका थिए भने लुकम्यानले २६औँ मिनेटमा गोल गरेका थिए ।
सेभियाका लागि मिगेल सिएराले ६६औँ मिनेटमा एक गोल फर्काएका थिए । त्यसपछि सेभियाले गोल थप्न नसक्दा एट्लेटिकोले ३-१ को जित सुरक्षित गरेको थियो ।
जितसँगै एट्लेटिकोले तीन खेलबाट सात अंक जोडेको छ । टोलीले लिगमा दुई जित र एक बराबरीको नतिजा निकालेको छ । त्यस्तै सेभियाको भने तेस्रो खेलमा यो पहिलो हार हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’