श्रम संस्कृतिमा नयाँ विवाद, किराँती समुहलाई केन्द्रीय कमिटी बैठकमा बोलाइएन

१६ भाद्र, २०८३, मगलवार
सारांश
  • बैठकमा आफु पक्षका नेताहरुलाई नाबोलाइएपछि किराँतीले आफुनिकट नेताहरुसँग छलफल थालेको बताइएको छ ।

विराटनगर: हर्क साम्पाङ नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीमा नयाँ विवाद शुरु भएको छ ।

 

धरानस्थित होटल गोर्खामा आज र भोलि बस्दै बस्न लागेको केन्द्रीय कमिटीको बैठकमा हालै एकता प्रक्रियाबाट पार्टीमा आएका सुदन किराँती समुहलाई नबोलाइएको खुलेको छ ।

 

बैठकमा आफु पक्षका नेताहरुलाई नाबोलाइएपछि किराँतीले आफुनिकट नेताहरुसँग छलफल थालेको बताइएको छ । 

 

साम्पाङ निकट एक नेताले भोलीको बैठकमा किराँती समुहलाई बोलाइएको दाबि गरेपनि यस बारे स्पष्ट जानकारी दिइएको छैन । 

 

किराँतीसहितका नेताहरु प्रलोपा छोडेर श्रम संस्कृति पार्टीमा समाहित भएका थिए ।  एकतापछि किरातीलाई वरिष्ठ नेताको जिम्मेवारी दिइएको थियो भने किराँती पक्षलाई पार्टीमा एक उपाध्यक्ष, एक सचिव र १५ केन्द्रीय सदस्य दिइएको थियो ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार