सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने

१६ भाद्र, २०८३, मगलवार
सारांश
  • त्यस्तै, संघीय संसद् सचिवालय र सभामुखको सचिवालयमा कार्यरत कर्मचारीको पारिश्रमिकबाट नेपाल सरकारको निर्णयअनुसार रकम कट्टा गरी सोही कोषमा जम्मा गरिने जनाइएको छ ।

काठमाडौँ: सभामुख डोलप्रसाद (डीपी) अर्यालले हालै आएको भीषण बाढी तथा विपद्बाट प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि आफ्नो एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।

 

त्यस्तै, संघीय संसद् सचिवालय र सभामुखको सचिवालयमा कार्यरत कर्मचारीको पारिश्रमिकबाट नेपाल सरकारको निर्णयअनुसार रकम कट्टा गरी सोही कोषमा जम्मा गरिने जनाइएको छ ।

 

विपद्को कठिन समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्नु सबैको साझा दायित्व भएकाले आफूले पारिश्रमिक सहयोग गर्ने निर्णय गरेको सभामुख अर्यालले बताएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार