रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
१६ भाद्र, २०८३, मगलवार
- विपद्पछि चीनले उद्धारकर्मी, डीएनए विशेषज्ञलगायत आवश्यक सहयोग उपलब्ध गराइरहेको र आवश्यकता रहेसम्म सहयोग जारी राख्ने जानकारी राजदूतले दिएका छन् ।
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता भएको छ ।
मंगलबार लामिछानेको बुढानीलकण्ठस्थित निवासमा भएको भेटवार्तामा राजदूत माओमिङले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै चीन नेपाललाई जुनसुकै ढंगबाट सहयोग गर्न तयार रहेको बताएका छन् । उनले खोज तथा उद्धारदेखि पुनर्निर्माणसम्म चीन नेपालको साथमा रहने सन्देश दिएका छन् ।
विपद्पछि चीनले उद्धारकर्मी, डीएनए विशेषज्ञलगायत आवश्यक सहयोग उपलब्ध गराइरहेको र आवश्यकता रहेसम्म सहयोग जारी राख्ने जानकारी राजदूतले दिएका छन् ।
सो भेटमा सभापति लामिछानेले विपद्का समयमा चीनले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै विपद्पूर्व सूचना प्रणालीलाई अझ सुदृढ र प्रभावकारी बनाउन तथा दुई देशबीच थप समन्वय गर्न आग्रह गरेको उनको सचिवालयले जानकारी दिएको छ ।
राजदूत माओमिङले पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी बनाउन चीन प्रतिबद्ध रहेको बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।