- ३९ बर्षिय मेसीले लामो समय सोचेर राष्ट्रिय टोलीबाट अलग हुने निर्णय गरेको बताएका छन् । यो निर्णयले आफूलाई गहिरो पीडा दिएको भए पनि अहिलेका लागि यही सही समय भएको उनको भनाइ छ ।
काठमाण्डौ, १६ भाद्र । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले राष्ट्रिय टोलीबाट संन्यास लिने घोषणा गरेका छन् । उनले जुलाई २१ मा लेखेको वक्तव्य सार्वजनिक गर्दै आफू यस निर्णयमा पहिलेभन्दा अझ दृढ रहेको बताएका छन् ।
३९ बर्षिय मेसीले लामो समय सोचेर राष्ट्रिय टोलीबाट अलग हुने निर्णय गरेको बताएका छन् । यो निर्णयले आफूलाई गहिरो पीडा दिएको भए पनि अहिलेका लागि यही सही समय भएको उनको भनाइ छ ।
उनले अर्जेन्टिनाको जर्सीका लागि आफूले सधैँ सबैथोक दिएको बताएका छन् । पछिल्ला वर्षमा विश्वकप र अन्य ठूला उपाधि जितेको समय मात्र नभई त्यसअघिका कठिन वर्षमा पनि टोलीका लागि निरन्तर संघर्ष गरेको उनले उल्लेख गरेका छन् ।
मेसीले अर्जेन्टिनाका समर्थकलाई खुशी र फुटबलमार्फत देशप्रति गर्व गर्ने अवसर दिन आफूले सधैँ प्रयास गरेको बताएका छन् । अब आफ्नो करियरको एउटा महत्वपूर्ण अध्याय अन्त्य हुन लागेको र राष्ट्रिय टोलीका लागि आफूले दिन सक्ने सबै कुरा दिइसकेको उनको भनाइ छ ।
राष्ट्रिय टोलीमा नयाँ पुस्ताका उत्कृष्ट खेलाडी आइरहेको उल्लेख गर्दै मेसीले उनीहरू राष्ट्रिय टोलीमा रहने योग्य रहेको बताएका छन् । राष्ट्रिय टोलीसँग बिताएका २० वर्षका लागि समर्थकलाई धन्यवाद दिँदै उनले अब मैदानभित्रबाट समर्थकको आवाज सुन्न नपाउने क्षण आफूले निकै सम्झने बताएका छन् । आफू अब बाहिरबाट टोलीलाई समर्थन गर्ने समर्थककै भूमिकामा रहने उनले बताएका छन् ।
मेसीले आफ्नो परिवार, प्रशिक्षक, सहकर्मी खेलाडी तथा टोलीका पदाधिकारीप्रति पनि आभार व्यक्त गरेका छन् । उनीहरूसँग बिताएका समय र सम्झनाहरू आफूले कहिल्यै नबिर्सने उनको भनाइ छ । आफू शान्त र गर्वका साथ राष्ट्रिय टोलीबाट बिदा हुन लागेको उल्लेख गर्दै मेसीले सहकर्मी खेलाडीहरूसँग मिलेर समर्थकले कहिल्यै सपना देखेका क्षणहरू वास्तविकतामा परिणत गर्न सकेको बताएका छन् ।
मेसीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन् । मेसी अन्तर्राष्ट्रिय फुटबलमा क्रिस्टियानो रोनाल्डोपछि धेरै गोल गर्ने दोस्रो खेलाडी हुन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।