रास्वपाले फेरि बोलायो सर्वदलीय बैठक

१६ भाद्र, २०८३, मगलवार
सारांश
  • बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यालयमा बस्नेछ ।

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीले भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज फेरि सर्वदलीय बैठक बोलाएको छ।

 

बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यालयमा बस्नेछ ।

 

बैठकमा भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ता भएकाको खोजी तथा उद्धार, राहत वितरण र पुनःस्थापनाका विषयमा छलफल हुने बताइएको छ ।

 

यसअघि रास्वपा सभापति रवि लामिछानेले भोटेकोशी बढी आएको दोस्रो दिन भदौ ११ गते सर्बदलीय बैठक बोलाएका थिए । सर्बदलीय बैठकले संयुक्त संयन्त्र बनाउने निर्णय गरेपछि त्यो अहिलेसम्म कार्यान्यनमा भने आएको छैन ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार