६ महिनामै अल हिलालबाट बाहिरिए बेन्जीमा

२०८३ भाद्र १६ मङ्गलवार
सारांश
  • बेन्जीमा सन् २०२३ को जुनमा १४ वर्ष रियल मड्रिडमा बिताएपछि साउदी अरब पुगेका थिए । उनले रियलका लागि ६४८ खेलमा ३५४ गोल गरेका थिए ।

काठमाण्डौ, १६ भाद्र । पूर्व बालोन-डि-ओर विजेता करिम बेन्जमाले साउदी क्लब अल हिलाल छाडेका छन् । प्रतिद्वन्द्वी क्लब अल इत्तिहादबाट अल हिलाल पुगेको छ महिनामै बेन्जेमाले क्लब छाडेका हुन् ।

 

अल हिलालले विज्ञप्ति जारी गर्दै बेन्जमासँगको सम्झौता आपसी सहमतिमा अन्त्य गरिएको जनाएको छ । ३८ वर्षीय बेन्जमा अब अर्को क्लबमा आबद्ध हुनेछन् वा खेलजीवनबाटै संन्यास लिनेछन् भन्ने स्पष्ट भएको छैन ।

 

बेन्जीमा सन् २०२३ को जुनमा १४ वर्ष रियल मड्रिडमा बिताएपछि साउदी अरब पुगेका थिए । उनले रियलका लागि ६४८ खेलमा ३५४ गोल गरेका थिए ।

 

रियल मड्रिडमा रहँदा उनले क्लबको कीर्तिमानी २५ उपाधि जितेका थिए, जसमा पाँच च्याम्पियन्स लिग उपाधि पनि समावेश छन् । फ्रान्सका लागि बेन्जेमाले ९७ खेल खेल्दै ३७ गोल गरेका छन् ।

 

बेन्जमाको बहिर्गमनको घोषणा इंग्ल्यान्डका स्ट्राइकर ओली वाट्किन्सले पनि एस्टन भिल्ला छाडेर अल हिलालमा आबद्ध भएको केही समयपछि भएको हो । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार