इन्टर मियामीको जितमा मेसीको चार गोल

२०८३ भाद्र १४ आइतवार
सारांश
  • मेसीले पहिलो हाफमै गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफमा उनले थप तीन गोल गर्दै आफ्नो व्यक्तिगत गोल सङ्ख्या चार पुर्‍याएका थिए ।

काठमाण्डौ, १४ भाद्र । अमेरिकी मेजर लिग सकर अन्तर्गत भएको खेलमा इन्टर मियामीले मोन्ट्रियललाई ७-१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ । इन्टर मियामीको शानदार जितमा कप्तान लियोनल मेसीले चार गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेका छन् ।

 

खेलको शुरुआतदेखि नै आक्रामक देखिएको इन्टर मियामीका लागि कासेमिरोले गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि मोन्ट्रियलका फाबियन हर्बर्सले गोल गर्दै खेल बराबरीमा ल्याए पनि त्यसपछि इन्टर मियामीले लगातार गोल थपेको थियो ।

 

मेसीले पहिलो हाफमै गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफमा उनले थप तीन गोल गर्दै आफ्नो व्यक्तिगत गोल सङ्ख्या चार पुर्‍याएका थिए ।

 

मेसीको उत्कृष्ट प्रदर्शनसँगै लुइस स्वरेज र अलेजेन्डर शहले एक एक गोल गरेका थिए । मोन्ट्रियलको रक्षापंक्ति मियामीको लगातार आक्रमण रोक्न असफल भएपछि खेल ७-१ को फराकिलो अन्तरमा पुगेको थियो ।

 

यस जितसँगै इन्टर मियामीले महत्वपूर्ण तीन अंक जोडेको छ। पछिल्लो समय अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको मियामीका लागि मोन्ट्रियलविरुद्धको फराकिलो जितले टोलीको मनोबल बढाएको छ ।

 

यो जितपछि इन्टर मियामीको एमएलएसको इस्टर्न कन्फेरेन्समा २२ खेलमा ४२ अंकसहित दोस्रो स्थानमा छ भने मोन्ट्रियलको २२ खेलमा २१ अंक रहेको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार