- निजी क्षेत्र तथा सहयोग गर्न इच्छुक व्यक्तिले अर्थमन्त्रीको सचिवालयमार्फत राहत सहयोगका लागि समन्वय गर्न सक्ने मन्त्रालयले जनाएको छ ।
काठमाडौं: सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि राहत संकलन गर्न एकद्वार प्रणाली लागू गरेको छ ।
अर्थ मन्त्रालयले बिहीबार सूचना जारी गर्दै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा नगद तथा जिन्सी सहयोग गर्न चाहने परोपकारी व्यक्ति, निजी क्षेत्र, दातृ निकाय तथा अन्तर्राष्ट्रिय संघसंस्थालाई अर्थ मन्त्रालयमार्फत समन्वय गर्न आग्रह गरेको हो ।
मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय दातृ निकाय तथा संघसंस्थाका प्रतिनिधिले राहत सहयोगका लागि अर्थ मन्त्रालयका सहसचिव अमृत लम्सालसँग समन्वय गर्न सक्नेछन् भने निजी क्षेत्र तथा सहयोग गर्न इच्छुक व्यक्तिले अर्थमन्त्रीको सचिवालयमार्फत राहत सहयोगका लागि समन्वय गर्न सक्ने मन्त्रालयले जनाएको छ ।
राहत सहयोगसम्बन्धी समन्वयका लागि नवीन ढुंगाना, कञ्चन बस्नेत, खोमनाथ अधिकारी र माधव भण्डारीलाई सम्पर्क व्यक्तिको रुपमा तोकिएको छ । सम्पर्कका लागि ९८५११८३००१, ९८४१९७९०७५, ९८४९१९७१११, ९८५१३५४३४४ र ९८५१२०६२०१ नम्बर समेत उपलब्ध गराइएको छ ।
मन्त्रालयले राहत तथा सहयोगलाई व्यवस्थित र प्रभावकारी बनाउन एकद्वार प्रणालीमार्फत सहयोग उपलब्ध गराउन आग्रह गरेको जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनको सीमामा पहिरोले नयाँ ताल बनेपछि अर्को विपद्को खतरा !
-
नुवाकोटको विदुर क्षेत्रको स्थलगत निरीक्षण गरेर काठमाडौँ फर्कियो प्रधानमन्त्रीसहितको टोली
-
भोटेकोशी बाढी: नेपालसहित ३३ देशका ६४४ पर्यटक अझै बेपत्ता
-
परराष्ट्रमन्त्री खनाल र बंगलादेशका विदेशमन्त्री रहमानबीच टेलिफोन वार्ता
-
राहत संकलनमा एकद्वार प्रणाली लागू
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।