प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

२०८३ भाद्र ०९ मङ्गलवार
सारांश
  • आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक आज दिउसो १ बजेदेखि शुरु हुँदैछ ।

काठमाण्डौ, ०९ भाद्र । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक आज दिउसो १ बजेदेखि शुरु हुँदैछ ।

 

आजको बैठकमा व्यवस्थापन कार्य अन्तर्गत कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले 'नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने तथा  'नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३' प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

 

त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले 'मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

 

त्यसैगरी युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले 'बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

 

त्यस्तै, आजको बैठकमा सन्धीसम्बन्धी कार्य अन्तर्गत कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले 'संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता' पेस गर्ने कार्यसूची रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार