- आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक आज दिउसो १ बजेदेखि शुरु हुँदैछ ।
काठमाण्डौ, ०९ भाद्र । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक आज दिउसो १ बजेदेखि शुरु हुँदैछ ।
आजको बैठकमा व्यवस्थापन कार्य अन्तर्गत कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले 'नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने तथा 'नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३' प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले 'मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले 'बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, आजको बैठकमा सन्धीसम्बन्धी कार्य अन्तर्गत कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले 'संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता' पेस गर्ने कार्यसूची रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भोजपुरमा एक हजार छ सय बढी घटे मतदाता
-
अल्टिच्युड एयरको १० वर्षे यात्रामा नयाँ उपलब्धि, थपियो अत्याधुनिक एयरबस एच–१२५ हेलिकोप्टर
-
भारतको १८४ अर्ब ऋण आवश्यकता र आयोजनाको प्रगतिअनुसार खर्च गर्छौं : अर्थमन्त्री
-
हिजाब नलगाई परफरमेन्स गरेकी इरानी गायिका अहमदीलाई ७४ कोर्रा हानियो
-
शेरबहादुर देउवाद्वारा स्वर्गद्वारी महाप्रभुको दर्शन तथा पूजा
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।