भृकुटीमण्डपमा १८औँ नाडा अटो शो आजदेखि सुरू

९ भाद्र, २०८३, मगलवार6t
सारांश
  • अवलोकनकर्ताले सवारीसाधनसँगै वित्त, बीमा, सर्भिस र पार्ट्ससम्बन्धी जानकारी एकै ठाउँबाट लिन सक्ने व्यवस्था मिलाइएको छ ।

काठमाडौं: काठमाडौंको भृकुटीमण्डपमा १८औँ नाडा अटो शो आजदेखि सुरू भएको छ ।

 

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा मंगलबारदेखि सुरू भएको प्रदर्शनीको उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उद्घाटन गरेका हुन् ।

 

यसपटक प्रदर्शनीस्थललाई ह्विलचेयरमैत्री बनाउनुका साथै पर्याप्त बत्ती,एसी तथा पंखाको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।  भदौ १४ गतेसम्म जारी रहने प्रदर्शनी स्थललाई चारपाङ्ग्रे, दुईपाङ्ग्रे, वित्तीय संस्था, अटो पार्ट्स तथा ग्यारेज उपकरण, ‘मेड इन नेपाल/मेड फर नेपाल’ प्याभिलियन र इन्टरनेसनल बिजनेस प्याभिलियन गरी विभिन्न क्षेत्रमा विभाजन गरिएको छ ।

 

अवलोकनकर्ताले सवारीसाधनसँगै वित्त, बीमा, सर्भिस र पार्ट्ससम्बन्धी जानकारी एकै ठाउँबाट लिन सक्ने व्यवस्था मिलाइएको छ । यसले सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई मूल्य, खर्च तथा सुविधाबारे तुलनात्मक रूपमा जानकारी लिन सहज हुने आयोजकको अपेक्षा छ ।

 

आयोजकले प्रदर्शनीमा ५३ वटा सवारी ब्रान्ड, ७० पार्ट्स तथा सेवा कम्पनी र करिब ११ बैंक तथा वित्तीय संस्थाको सहभागिता रहेको जानकारी दिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार