बालेनले किन लगाउँछन् कालो चश्मा? यस्तो रहेछ चिकित्सकीय कारण
९ भाद्र, २०८३, मगलवार
- प्रधानमन्त्री शाहले साउन २२ मा स्वास्थ्य परीक्षण गरी साउन २६ मा संसद सचिवालयलाई यस विषयमा पत्र पठाएका थिए ।
काठमाडौँ: प्रधानमन्त्री बालेन्द्र शाहले कालो चश्मा लगाउनु कुनै फेसनका लागि नभई आँखाको समस्याका कारण भएको खुलेको छ ।
प्रधानमन्त्री शाहको आँखामा समस्या भएपछि चिकित्सकले आँखाको परीक्षण गरेपछि उनलाई आँखा सुक्खा हुने समस्या (ड्राइआई) देखिएको चिकित्सकीय रिपोर्टमा उल्लेख छ ।
संघीय संसद सचिवालयमा बुझाइएको रिपोर्टअनुसार प्रधानमन्त्रीलाई उज्यालो प्रकाशमा हेर्न गाह्रो हुने समस्या रहेको कारण चर्को घाम वा धेरै उज्यालो ठाउँमा आँखामा हुने असहजता कम गर्न कालो चस्मा लगाउन चिकित्सकले सुझाव दिइएको पाइएको छ ।
प्रधानमन्त्री शाहले साउन २२ मा स्वास्थ्य परीक्षण गरी साउन २६ मा संसद सचिवालयलाई यस विषयमा पत्र पठाएका थिए ।
यसअघि सभामुख डिपी अर्यालले संसदमा धेरै जसो सांसदहरुले कालो चश्मा लगाएर उपस्थित हुन लागेपछि संसदमा उपस्थित हुदा कालो चश्मा लगाएर आउन नपाइने भन्दै रुलिङ गरेका थिए । साथै लगाउनुपर्ने अवस्था भएमा चिकित्सकीय परिक्षणको प्रमाण आवश्यक रहेको बताएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।