३४ दिनमै सरकारको ढुकुटीमा १ खर्बभन्दा बढी राजस्व, ‘मिसन १६ खर्ब’को सुरुवात
९ भाद्र, २०८३, मगलवार
- कुल राजस्वमध्ये भन्सार महसुलबाट १४.५५ प्रतिशत, अन्तःशुल्कबाट १५.४६ प्रतिशत र आयकरबाट २२.१७ प्रतिशत संकलन भएको छ ।
काठमाडौँ: चालु आर्थिक वर्ष २०८३/८४ सुरु भएको ३४ दिनमै सरकारले एक खर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्षको पहिलो ३४ दिनमा सरकारको ढुकुटीमा एक खर्ब रुपैयाँभन्दा बढी राजस्व जम्मा भएको हो ।
कुल राजस्वमध्ये भन्सार महसुलबाट १४.५५ प्रतिशत, अन्तःशुल्कबाट १५.४६ प्रतिशत र आयकरबाट २२.१७ प्रतिशत संकलन भएको छ ।
त्यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) बाट ३४.०४ प्रतिशत र अन्य शीर्षकबाट १३.७८ प्रतिशत राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।
सरकारले चालु आर्थिक वर्षमा १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसलाई ‘मिसन १६ खर्ब’ का रूपमा अघि बढाएका छन् ।
राजस्व चुहावट नियन्त्रण गर्दै लक्ष्य हासिल गर्न अर्थ मन्त्रालय मातहतका निकायलाई ‘मिसन मोड’मा काम गर्न अर्थमन्त्री वाग्लेले निर्देशन दिँदै आएका छन् ।
गत आर्थिक वर्षमा सरकारले १२ खर्ब ४९ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो । यस वर्षको लक्ष्य गत वर्षको वास्तविक संकलनभन्दा ३ खर्ब ३१ अर्ब रुपैयाँ बढी हो।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।