काँग्रेस प्रवक्ता चालिसे भन्छन्- महाधिवेशन रोक्ने होइन, विश्वसनीय बनाउने हो

९ भाद्र, २०८३, मगलवार
सारांश
  • उनले महाधिवेशन रोक्न अदालतमा निवेदन दिने तथा पार्टीभित्रको विवाद समाधानका लागि अदालतको सहारा लिने शैलीले कांग्रेसलाई बलियो नबनाउने बताएका छन् ।

काठमाडौं: नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीभित्रको विवाद अदालतमा लैजानुभन्दा विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान खोज्नुपर्ने बताएका छन् ।

 

पार्टीको नेता चयन महाधिवेशनबाट हुने भन्दै उनले महाधिवेशन रोक्न अदालतमा निवेदन दिने तथा पार्टीभित्रको विवाद समाधानका लागि अदालतको सहारा लिने शैलीले कांग्रेसलाई बलियो नबनाउने बताएका छन् ।

 

उनले भनेका छन्- 'काग्रेसको नेता को हो ? अव अदालतले तोक्नु पर्ने ? अधिवेशन रोक्ने निवेदन ? ये सुन्दा र देख्दा हरेक काग्रेसीको मन वेचैन छ। दलको नेताको चयन , दलको अधिवेशनले गर्दछ । चाहे विशेष होस वा नियमित । दल भित्र विश्वास गुमाउने अनि त्यसपछि अदालत ? यो शैलीले दललाई न्याय गर्दैन ।'

 

कांग्रेसभित्र फरक विचार र असहमति स्वाभाविक भएको उल्लेख गर्दै चालिसेले क्रियाशील सदस्यता, निर्वाचन प्रक्रिया र महाधिवेशनको निष्पक्षताबारे उठेका प्रश्न समाधान गर्न सबै पक्षको विश्वास हुने समिति र पारदर्शी प्रक्रिया बनाउनुपर्ने बताएका छन् ।

 

विधान समयअनुकूल नभए संशोधन गर्न सकिने तर सहमति वा भेलाको नाममा विद्यमान विधान उल्लंघन गर्न नहुने उनको भनाइ छ । विवाद समाधानका नाममा गलत अभ्यास बसाल्दा भविष्यमा थप समस्या निम्तिन सक्ने भन्दै उनले सचेत गराएका छन् । महाधिवेशन रोक्नु समस्याको समाधान नभएको भन्दै चालिसेले फरक विचार वा नेतृत्वप्रति असहमति भए महाधिवेशनमै प्रस्तुत गर्न, बहस गर्न र कार्यकर्ताको मत स्वीकार गर्न आग्रह गरेका छन् ।

 

विधानले तोकेको समयसीमा मंसिरमा समाप्त हुँदै जाने र अदालतमा विचाराधीन मुद्दा कहिले टुंगिन्छ भन्ने निश्चित नभएकाले अदालतको निर्णय पर्खेर पार्टीको लोकतान्त्रिक प्रक्रिया अनिश्चित बनाउन नहुने उनले बताएका छन् । नेताहरूको सम्मान आवश्यक भए पनि त्यो पार्टीको विधान र लोकतान्त्रिक प्रक्रियाभन्दा माथि हुन नसक्ने भन्दै उनले कांग्रेसलाई अदालतको विवादमा नभई कार्यकर्ताको विश्वासमा उभ्याउनुपर्ने बताएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार