काँग्रेस नेता दिपक खड्काको 'अदालत सेटिङ' गरेको भन्दै प्रचार गरेकोप्रति आपत्ति
९ भाद्र, २०८३, मगलवार
- उनले न्याय सबैका लागि समान हुनुपर्ने मान्यतालाई आत्मसात गर्दै सर्वोच्च अदालतमा उत्प्रेषण, प्रतिषेध र परमादेशको मागसहित निवेदन दर्ता गराएको बताएका छन् ।
काठमाडौं: नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्काले पार्टीको आन्तरिक जीवनमा भएका अन्यायपूर्ण घटनामा न्याय खोज्न आफू सर्वोच्च अदालत पुगेको बताएका छन् ।
उनले न्याय सबैका लागि समान हुनुपर्ने मान्यतालाई आत्मसात गर्दै सर्वोच्च अदालतमा उत्प्रेषण, प्रतिषेध र परमादेशको मागसहित निवेदन दर्ता गराएको बताएका छन् ।
न्याय खोज्न अदालत पुगेको विषयलाई लिएर केही व्यक्ति तथा समूहले ‘अदालत सेटिङ’ गरेको भन्दै आफ्नो नाम जोडेर नियोजित रूपमा प्रचार गरेकोप्रति उनले आपत्ति जनाएका छन् । उनले भनेका छन्- 'न्याय खोज्दा उल्टै स्वतन्त्र न्यायपालिकाको मानमर्दन हुने, अविश्वास पैदा गर्ने उद्देश्यले केही ब्यक्ति तथा समूहले नियोजित रूपमा 'अदालत सेटिङ' गरेको भन्दै मेरो समेत नाम जोडेर गरिएको प्रचारप्रति गम्भिर ध्यानाकर्षण भएको छ । यो कुप्रचार तथा अदालतको गरिमालाई घटाउने योजनाबद्ध खेलप्रति खेदप्रकट गर्दछु ।'
यस्तो प्रचारले स्वतन्त्र न्यायपालिकाप्रति अविश्वास पैदा गर्ने र अदालतको गरिमा घटाउने उद्देश्य राखेको भन्दै खड्काले त्यसप्रति खेद व्यक्त गरेका छन् । उनले जिम्मेवार सञ्चारमाध्यमलाई समेत यस्ता विषयमा सचेत रहन आग्रह गरेका छन् ।न्याय र स्वतन्त्रताका लागि लडेको व्यक्तिका रूपमा आफूलाई अदालतप्रति पूर्ण विश्वास र भरोसा रहेको बताउँदै खड्काले सर्वोच्च अदालतबाट न्याय पाउनेमा आफू विश्वस्त रहेको बताएका छन् ।
खड्काले काँग्रेसकापूर्व सभापति शेरबहादुर देउवाको तर्फबाट सर्वोच्चमा काँग्रेस महाधिवेशन रोक्न निवेदन दिएका थिए । सो निवेदन सर्वोच्चमा दर्ता भएको छ भने विहिबार पेसी तोकिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।