काठमाडौँको बानेश्वरमा ड्युटीमा रहेकी महिला प्रहरीसँग युवकको झडप

९ भाद्र, २०८३, मगलवार
सारांश
  • ट्राफिक व्यवस्थापनमा खटिएकी सामुदायिक  महिला प्रहरीमाथि हातपात भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

काठमाडौं: काठमाडौँको बानेश्वरमा ड्यूटीमा खटिएकी महिला प्रहरीसँग एक युवकले हातपात गरेका छन् ।

 

ट्राफिक व्यवस्थापनमा खटिएकी सामुदायिक  महिला प्रहरीमाथि हातपात भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । सडक पार गर्न आकाशे पुलको प्रयोग गर्न सुझाव दिएपछि ती पुरूषले महिला प्रहरीमाथि प्रहार गरेको बताइएको छ ।

 

सामाजिक सञ्जालमा प्रहरी र युवाको झडपको भिडियो भाइरल भएको छ ।  हातपात गर्ने २७ वर्षीय राजु कठायत भएको खुलेको छ भने उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

परराष्ट्रमन्त्री खनालको न्युयोर्क भ्रमण: ८० भन्दा बढी बैठक, कूटनीतिक विस्तार र जलवायु न्यायको एजेन्डा

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघ महासभाको ८१औं अधिवेशनका क्रममा न्युयोर्कमा सेप्टेम्बर २० देखि ३० सम्म व्यस्त कूटनीतिक गतिविधि सम्पन्न गरे ।

थप समाचार