उद्धव थापालाई पदमुक्त गर्न राजेन्द्र लिङदेनले लेखे बागमतीका सभामुखलाई पत्र

२०८३ भाद्र ०८ सोमवार
सारांश
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले बागमती प्रदेशका संसदीय दलका नेता उद्धव थापालाई प्रदेशसभा सदस्यबाट पदमुक्त गर्न माग गर्दै सभामुखलाई पत्र लेखेका छन् ।

हेटौँडा, ०८ भाद्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले बागमती प्रदेशका संसदीय दलका नेता उद्धव थापालाई प्रदेशसभा सदस्यबाट पदमुक्त गर्न माग गर्दै सभामुखलाई पत्र लेखेका छन् ।

 

अध्यक्ष लिङदेनले पार्टीको निर्णयअनुसार थापाले पार्टीका विभिन्न निर्णय तथा निर्देशन उल्लंघन गर्दै संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्तिका लागि राप्रपाका सांसदहरूको तर्फबाट समर्थन जनाएको उल्लेख गर्दै पदमुक्त गर्न पत्रमा लेखेका छन् ।

 

उनले पार्टीको नीति, निर्देशन र विधानविपरीत काम गरी गम्भीर अनुशासन उल्लंघन गरेकोले थापालाई प्रदेशसभा सदस्यबाट समेत पदमुक्त गर्ने निर्णय गरिएको बताएका छन् ।

 

गत भदौ ४ गते बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकले थापालाई पार्टीबाट निलम्बन गर्ने र प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस गर्ने निर्णय गरेको थियो ।

 

लिङदेनले सभामुखलाई लेखेको पत्रका साथमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय, बागमती प्रदेश संसदीय दलको निर्णय, संसदीय दललाई पार्टीले दिएको निर्देशन, अनुशासन समितिको स्पष्टीकरण, अनुशासन समितिको सिफारिस, बागमती प्रदेश प्रमुखलाई पठाइएको पत्र समाबेश गरिएको उल्लेख गरेका छन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार