परराष्ट्रमन्त्री खनाल र सचिव राईबीच कार्यसम्पादन सम्झौता

८ भाद्र, २०८३, सोमवार
सारांश
  • परराष्ट्र मन्त्रालयमा भएको कार्यक्रममा मन्त्रालयका वार्षिक नीति तथा कार्यक्रम समयमै कार्यान्वयन गर्ने, निर्धारित लक्ष्य हासिल गर्ने र प्रभावकारी सार्वजनिक सेवा प्रवाह गर्ने प्रतिबद्धतासहित सम्झौता गरिएको हो ।

काठमाडौँ: परराष्ट्र सचिव अमृतबहादुर राईले आर्थिक वर्ष २०८३/८४ का लागि परराष्ट्रमन्त्री शिशिर खनालसँग वार्षिक कार्यसम्पादन सम्झौता गरेका छन् ।

 

परराष्ट्र मन्त्रालयमा भएको कार्यक्रममा मन्त्रालयका वार्षिक नीति तथा कार्यक्रम समयमै कार्यान्वयन गर्ने, निर्धारित लक्ष्य हासिल गर्ने र प्रभावकारी सार्वजनिक सेवा प्रवाह गर्ने प्रतिबद्धतासहित सम्झौता गरिएको हो ।

 

कार्यक्रममा मन्त्रालयका महाशाखा प्रमुख, महानिर्देशक तथा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका कार्यकारी निर्देशकले पनि परराष्ट्र सचिव राईसँग आ–आफ्नो वार्षिक कार्यसम्पादन सम्झौता गरेका छन् ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार