हर्क साम्पाङको प्रश्न- प्रधानमन्त्री मुस्ताङमा के खान जानु भएको हो ?

८ भाद्र, २०८३, सोमवार
सारांश
  • सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै अध्यक्ष साम्पाङले  प्रधानमन्त्री पदको निजी जीवन नहुने भन्दै मुस्ताङ गएको विषयमा सदनमा जवाफ दिनुपर्ने बताएका हुन् ।

काठमाडौं: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङ गएको विषयमा प्रश्न उठाएका छन् ।

 

सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै अध्यक्ष साम्पाङले  प्रधानमन्त्री पदको निजी जीवन नहुने भन्दै मुस्ताङ गएको विषयमा सदनमा जवाफ दिनुपर्ने बताएका हुन् ।

 

उनले भने- 'प्रधानमन्त्री ज्यू आफ्नो निजी भ्रमणमा उता जानु भयो भन्ने कुरा आएको छ, प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुदैन, यो कुरा हेक्का राख्नुपर्छ, उहाँ मन्त्रिपरिषद्, संसदलाई सूचना नदिइ जानुभएको ? के खान जानुभएको ? हावा थिएन भने काठमाडौंमा हावा छ । मुस्ताङमा स्याउ पनि फलेको थिएन होला अहिले । के चाख्न जानुभएको हो, त्यो भन्नुपर्छ । सदनमा जवाफ दिनुपर्छ ।'

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

परराष्ट्रमन्त्री खनालको न्युयोर्क भ्रमण: ८० भन्दा बढी बैठक, कूटनीतिक विस्तार र जलवायु न्यायको एजेन्डा

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघ महासभाको ८१औं अधिवेशनका क्रममा न्युयोर्कमा सेप्टेम्बर २० देखि ३० सम्म व्यस्त कूटनीतिक गतिविधि सम्पन्न गरे ।

थप समाचार