लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको सरकारलाई आग्रह
८ भाद्र, २०८३, सोमवार
- प्रतिवेदन सार्वजनिक नहुँदा पीडितहरू न्याय पाउनबाट वञ्चित भएको उल्लेख गर्दै थापाले विगतका सरकारको कमजोरीलाई अहिले पनि प्रतिवेदन सार्वजनिक नगर्ने कारण बनाउन नहुने बताएका छन् । यसपटक विषय प्रतिबद्धतामा मात्र सीमित हुन नहुने उनको भनाइ छ ।
काठमाडौं: नेपाली कांग्रेसका सभापति गगन थापाले लाल आयोगको प्रतिवेदन थप विलम्ब नगरी सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।
उनले २०७४ सालदेखि हरेक वर्ष प्रतिवेदन सार्वजनिक गर्नुपर्ने आवाज उठ्दै आए पनि अहिलेसम्म कार्यान्वयन हुन नसकेको बताउदै ब थप विलम्ब नगरी लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई आग्रह गरेका हुन् ।
थापाले राजनीतिक दलहरूले सरकारमा जानुअघि प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाउँदै आए पनि सरकारमा पुगेपछि त्यसलाई कार्यान्वयन गर्न नसकेको बताएका छन् । २०७३ सालमा गठन भएको उच्चस्तरीय जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक नहुँदा घटनाको सत्यतथ्य बाहिर आउन नसकेको उनको भनाइ छ ।
प्रतिवेदन सार्वजनिक नहुँदा पीडितहरू न्याय पाउनबाट वञ्चित भएको उल्लेख गर्दै थापाले विगतका सरकारको कमजोरीलाई अहिले पनि प्रतिवेदन सार्वजनिक नगर्ने कारण बनाउन नहुने बताएका छन् । यसपटक विषय प्रतिबद्धतामा मात्र सीमित हुन नहुने उनको भनाइ छ ।
थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अब थप ढिलाइ नगरी लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आग्रह गर्दै नागरिकलाई सत्य जान्ने र पीडितलाई न्याय पाउने अधिकार रहेको बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय उद्योगीलाई अर्थमन्त्री डा. वाग्लेको आव्हान
-
प्रतिनिधिसभाका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल हुने
-
विदेशी मुद्राको सटहीदर: २०८३ मङ्सिर ०७ सोमबार
-
प्रधानमन्त्री शाहको भारत भ्रमणको दोस्रो दिन, यस्तो छ आजको कार्यतालिका
-
आजको राशिफल: वि.सं. २०८३ मङ्सिर ७ गते सोमबार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।