रास्वपा महामन्त्रीको प्रश्न- गरिमाका अभिभावकले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचियो, कस्तो समाज बनाउदैछौं ?
८ भाद्र, २०८३, सोमवार
- प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसद आचार्यले गरिमा चौधरीका अभिभावकले धन्यवाद भनेको भिडियो खिचिएको भन्दै कस्तो समाज बनाउन लागेका छौं भन्दै प्रश्न गरेका छन् ।
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन कुमार आचार्यले गृहमन्त्रालयमा गरिमा चौधरीका अभिभावकले धन्यवाद भनेको भिडियो खिचिएको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसद आचार्यले गरिमा चौधरीका अभिभावकले धन्यवाद भनेको भिडियो खिचिएको भन्दै कस्तो समाज बनाउन लागेका छौं भन्दै प्रश्न गरेका छन् । साथै गरिमाको हत्याको घटनामा दोषी भनिएका युवकको भिडियो समेत सार्बजनिक गरिएको भन्दै उनले आपत्ति जनाएका छन् ।
उनले भने- म गरिमा चौधरीको हत्याकाण्डको बारेमा धेरै बोलिन, तर हामीसबै जनाले मनन गर्नुपर्ने कुरा के हो भने हामीले कस्तो समाज बनाइरहेका छौं, जहाँ मृतकका बुबा आमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ र दोषी भनिएका व्यक्तिले बोलेका कुरालाई सार्बजनिक गरिन्छ, यस्तो समाज बन्द गरिनुपर्छ ।'
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बागमतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्धको रिटमा कारण देखाउ आदेश
-
परराष्ट्रमन्त्री खनाल र सचिव राईबीच कार्यसम्पादन सम्झौता
-
बेलायतका प्रधानमन्त्री बर्नहम किभमा, युक्रेनलाई स्टोर्म स्याडो क्षेप्यास्त्र निर्माणको गोप्य प्रविधि दिदै
-
नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीलाई दियो १५५ रनको लक्ष्य
-
लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको सरकारलाई आग्रह
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।