- आज संघीय संसदका पाँच समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभा अन्तर्गतका तीन समितिको बैठक बस्दैछ ।
काठमाण्डौ, ०८ भाद्र । आज संघीय संसदका पाँच समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभा अन्तर्गतका तीन समितिको बैठक बस्दैछ ।
जसअनुसार, बिहान साढे ९ बजे कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलद्वारा तयार पारिएको प्रतिवेदनमाथि छलफलको कार्यसूची रहेको छ ।
त्यस्तै, विहान १० बजेदेखि शुरु हुने पूर्वाधार विकास समितिको बैठकमा पूर्वाधार विकास र सार्वजनिक निजी साझेदारीको विषयमा लगानी बोर्ड र निजी क्षेत्रका प्रतिनिधिहरुसँग छलफलको कार्यसूची रहेको छ । त्यसैगरी, बिहान ११ बजेदेखि शुरु हुने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा 'पर्यटन विधेयक, २०८१' सम्बन्धमा नेपाल पर्वतारोहण संघ लगायत सरोकारवाला निकायहरूसँग छलफलको कार्यसूची रहेको छ ।
त्यस्तै, आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक दिउसो १ बजेदेखि शुरु हुदैछ । विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफलको कार्यसूची रहेको छ ।
त्यसैगरी, दिउसो २ बजेदेखि बस्ने राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा विषय विज्ञ धन प्रसाद लामिछानेसँग खर्क नीति सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सरकारप्रतिको प्रभाव र विश्वास घट्दै गयो- अमरेश कुमार सिंह
-
दुर्गा प्रसाईंको घरबाट बरामद सामग्रीसहित २४ घण्टाभित्र उपस्थित हुन सर्वोच्चको आदेश
-
उद्धव थापालाई पदमुक्त गर्न राजेन्द्र लिङदेनले लेखे बागमतीका सभामुखलाई पत्र
-
नेप्से १९ अंकको गिरावट, ३ अर्ब २३ करोडको कारोबार
-
बागमतीमा विश्वासको मत बारे राप्रपाका दुई ह्वीप
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।