- सरकारलाई समर्थन दिदा नै राप्रपामा विवाद भएपछि राप्रपाले संसदीय दलका नेता उद्धव थापालाई पार्टीबाट निष्काशित गरेको छ ।
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मागरले आज लिने विश्वासको मतमा विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई ह्वीप जारी गरेको छ । पार्टीले विपक्षमा मतदान गर्न नसक्ने अवस्थामा तटस्थ रहन वा बैठकमा अनुपस्थित हुनसमेत ह्विप जारी गरेको हो ।
बागमती प्रदेशसभामा राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले जारी गरेको ह्विप पार्टीका सबै प्रदेशसभा सदस्यलाई पठाइएको बताइएको छ ।
अर्कोतर्फ राप्रपा प्रमुख सचेतकको हैसियतमा डम्बर तामाङले अर्को ह्वीप जारी गर्दै बैठकमा अनिवार्य उपस्थित हुन र मुख्यमन्त्री थापालाई विश्वासको मत दिन निर्देशन दिएका छन् । उनले भदौ ७ गतेको दलको संसदीय दलको बैठकको निर्णय र संसदीय दलका नेताको आदेश तथा राप्रपा संसदीय दलको विधान अनुसार विश्वासको मत दिन ह्वीप जारी गरेका छन् ।
सरकारलाई समर्थन दिदा नै राप्रपामा विवाद भएपछि राप्रपाले संसदीय दलका नेता उद्धव थापालाई पार्टीबाट निष्काशित गरेको छ ।
त्यस्तै, राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार पार्टीको निर्णय र निर्देशनबिना बागमती प्रदेश सरकारमा सहभागी भएका तीन प्रदेशसभा सदस्यलाई केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण मागेको छ ।
सांसदहरु राजु बिष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई पूर्ण सफाइको मौका दिँदै १२ घण्टाभित्र स्पष्टीकरण पेस गर्न समय दिइएको श्रेष्ठले बताएका छन् । उनीहरूलाई टेलिफोन, सन्देश तथा अन्य माध्यममार्फत स्पष्टीकरणसम्बन्धी सूचना पठाइएको राप्रपाले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
१० लाख घुस लिएका नापी अधिकृतविरुद्ध मुद्दा दायर
-
काँग्रेसको मतदान आज नहुने
-
चाडपर्व लक्षित सुरक्षा योजना लागू, २८ हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन
-
नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ९३ करोडको कारोबार
-
परराष्ट्रमन्त्री खनालको न्युयोर्क भ्रमण: ८० भन्दा बढी बैठक, कूटनीतिक विस्तार र जलवायु न्यायको एजेन्डा
धेरै पढिएको
विशेष
परराष्ट्रमन्त्री खनालको न्युयोर्क भ्रमण: ८० भन्दा बढी बैठक, कूटनीतिक विस्तार र जलवायु न्यायको एजेन्डा
परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघ महासभाको ८१औं अधिवेशनका क्रममा न्युयोर्कमा सेप्टेम्बर २० देखि ३० सम्म व्यस्त कूटनीतिक गतिविधि सम्पन्न गरे ।