- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभामा आज विश्वासको मत लिने भएका छन् ।
हेटौँडा, ०८ भाद्र । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभामा आज विश्वासको मत लिने भएका छन् ।
प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभाको आठौं अधिवेशनको १८औं बैठक आज दिउँसो १ बजे बस्ने भएको हो ।
भदौ ४ गते मुख्यमन्त्रीमा नियुक्त थापामगरले सोमबार विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।
बागमती प्रदेश सभामा नेपाली कांग्रेसको ३६ सिट, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को २६, नेकपा एमालेको २५, राप्रपाको १२, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ । निर्वाचित ११० प्रदेशसभा सदस्यमध्ये ६ जनाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएपछि हाल प्रदेशसभा १०४ सदस्य कायम रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
१० लाख घुस लिएका नापी अधिकृतविरुद्ध मुद्दा दायर
-
काँग्रेसको मतदान आज नहुने
-
चाडपर्व लक्षित सुरक्षा योजना लागू, २८ हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन
-
नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ९३ करोडको कारोबार
-
परराष्ट्रमन्त्री खनालको न्युयोर्क भ्रमण: ८० भन्दा बढी बैठक, कूटनीतिक विस्तार र जलवायु न्यायको एजेन्डा
धेरै पढिएको
विशेष
परराष्ट्रमन्त्री खनालको न्युयोर्क भ्रमण: ८० भन्दा बढी बैठक, कूटनीतिक विस्तार र जलवायु न्यायको एजेन्डा
परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघ महासभाको ८१औं अधिवेशनका क्रममा न्युयोर्कमा सेप्टेम्बर २० देखि ३० सम्म व्यस्त कूटनीतिक गतिविधि सम्पन्न गरे ।