दुर्गा प्रसाईंको घरबाट बरामद सामग्रीसहित २४ घण्टाभित्र उपस्थित हुन सर्वोच्चको आदेश

२०८३ भाद्र ०८ सोमवार
सारांश
  • सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरबाट बरामद सामग्रीसहित २४ घण्टाभित्र उपस्थित हुन आदेश जारी गरेको छ ।

काठमाण्डौ, ०८ भाद्र । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरबाट बरामद सामग्रीसहित २४ घण्टाभित्र उपस्थित हुन आदेश जारी गरेको छ ।

 

प्रसाईंकी सृपति उमा प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सोमबार सर्वोच्चका न्यायाधीश नृपध्वज निरौलाको इजलासले प्रसाईंलाई घरबाहिर हिँड्डुल गर्न नदिनुको कारण २४ घण्टाभित्र पेस गर्न आदेश दिदै भक्तपुर प्रहरी परिसरले प्रसाईको घरबाट बरामद गरेका सामग्रीसहित उपस्थित हुन आदेश दिएको हो ।

 

आदेशमा भनिएको छ- 'आदेश जारी हुन नपर्ने भए सोको आधार र कारण खुलाई यो आदेश प्राप्त भएका मितिले बाटाका म्यादबाहेक २४ (चौबिस) घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नू । साथै, निवेदनसाथ संलग्न मिति २०८३ ।०५।०४ को खानतलासी पूर्जीमोजिम निवेदक दुर्गा प्रसाईंको घर खानतलासी हुँदा बरामद भएका भनिएका सामान समेत पेसीको दिन लिई आउनू भनी विपक्षी जिल्ला प्रहरी परिसर भक्तपुरलाई लेखी पठाउनू ।'

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

परराष्ट्रमन्त्री खनालको न्युयोर्क भ्रमण: ८० भन्दा बढी बैठक, कूटनीतिक विस्तार र जलवायु न्यायको एजेन्डा

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघ महासभाको ८१औं अधिवेशनका क्रममा न्युयोर्कमा सेप्टेम्बर २० देखि ३० सम्म व्यस्त कूटनीतिक गतिविधि सम्पन्न गरे ।

थप समाचार