दुर्गा प्रसाईं नेतृत्वको अभियानले भन्यो- सरकारसँगको १४ बुँदे सहमति मान्य छैन
८ भाद्र, २०८३, सोमवार
- अभियानले सर्लाहीको हरिवनबाट सुरु भएको पीडित नागरिकको पैदल यात्राका क्रममा काठमाडौं आइपुगेका नागरिकलाई सरकारले बेवास्ता गरेको आरोप लगाएको छ ।
काठमाडौँ: दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले बैंक, सहकारी, लघुवित्त तथा मिटरब्याजपीडितका विषयमा भएको १४ बुँदे सहमति आफूहरूलाई मान्य नभएको जनाएको छ ।
अभियानले सर्लाहीको हरिवनबाट सुरु भएको पीडित नागरिकको पैदल यात्राका क्रममा काठमाडौं आइपुगेका नागरिकलाई सरकारले बेवास्ता गरेको आरोप लगाएको छ । अभियानका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईंलाई घरमै नजरबन्दमा राखेर केही व्यक्तिलाई अघि बढाउँदै अभियान कमजोर पार्ने प्रयास गरिएको दाबि अभियानले गरेको छ ।
तत्कालीन प्रधानमन्त्री शुशिला कार्की र दुर्गा प्रसाईंबीच भएको १२ बुँदे सम्झौतालाई बेवास्ता गर्दै गरिएको १४ बुँदे सहमतिले पीडितका समस्या समाधान गर्नुको सट्टा झन् समस्या बढाउने काम गरेको अभियानले जनाउदै पीडित नागरिकलाई धैर्य गर्न आग्रह गर्दै आन्दोलन जारी रहेको बताएको छ ।
अभियानले वित्तीय पीडित नागरिकलाई नागरिकता, व्यक्तिगत विवरण वा अन्य कागजात कसैलाई नदिन पनि आग्रह गरेको छ । आधिकारिक निर्देशनबिना व्यक्तिगत विवरण संकलन नगर्न र नगराउन आग्रह गर्दै त्यस्ता विवरणको दुरुपयोगबाट पीडितलाई थप जोखिममा पर्न नदिन सावधानी अपनाउन अभियानले अनुरोध गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सरकारप्रतिको प्रभाव र विश्वास घट्दै गयो- अमरेश कुमार सिंह
-
दुर्गा प्रसाईंको घरबाट बरामद सामग्रीसहित २४ घण्टाभित्र उपस्थित हुन सर्वोच्चको आदेश
-
उद्धव थापालाई पदमुक्त गर्न राजेन्द्र लिङदेनले लेखे बागमतीका सभामुखलाई पत्र
-
नेप्से १९ अंकको गिरावट, ३ अर्ब २३ करोडको कारोबार
-
बागमतीमा विश्वासको मत बारे राप्रपाका दुई ह्वीप
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।