थाइल्यान्डबाट ल्याएको ८ किलो गाँजासहित म्यान्मारका दुई नागरिक पक्राउ

२०८३ भाद्र ०७ आइतवार
सारांश
  • थाइल्यान्डबाट नेपाल ल्याइएको ८ किलो २३८ ग्राम गाँजासहित दुई म्यान्मार नागरिक पक्राउ परेका छन् ।

काठमाण्डौ, ०७ भाद्र । थाइल्यान्डबाट नेपाल ल्याइएको ८ किलो २३८ ग्राम गाँजासहित दुई म्यान्मार नागरिक पक्राउ परेका छन् ।

 

लागुऔषध नियन्त्रण ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खटिएको प्रहरी टोलीले शंकास्पद यात्रुमाथि निगरानी गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो । थाइल्यान्डको सुवर्णभूमिबाट नेपाल आएका उनीहरू नेपाल वायुसेवाको उडान नम्बर आरए ४०२ मार्फत काठमाडौँ आएका थिए ।

 

पक्राउ पर्नेमा म्यान्मारको याङ्गुनकी २७ वर्षीया ए थिदा आङ र २९ वर्षीय नाय थु रेन रहेका छन् । उनीहरूले सुटकेसभित्र लुकाएर गाँजा ल्याएको प्रहरीले जनाएको छ ।

 

प्रहरीले उनीहरूको साथबाट ८ किलो २३८ ग्राम गाँजा, दुई थान राहदानी र दुई थान मोबाइल बरामद गरेको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार