रामकुमारी झाँक्रीको प्रश्न- अध्यक्ष हटाउँदैमा पार्टी पुनर्गठन हुन्छ ?

७ भाद्र, २०८३, आइतवार
सारांश
  • आन्दोलन हुनुभन्दा दुई दिनअघि भएको एमालेको विधान महाधिवेशनमा आन्तरिक लोकतन्त्रको प्रश्न किन नउठाइएको भन्दै उनले प्रश्न गरेकी छन् ।

काठमाडौँ: नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी मा चलिरहेको पुनर्गठनको बहसमा प्रश्न उठाएकी छन् ।

 

झाँक्रीले एक जना अध्यक्ष हटाएर पुरानै संरचना, कार्यशैली, अनुहार र शक्ति सम्बन्ध कायम राख्ने हो भने त्यसलाई पार्टी पुनर्गठन भन्न मिल्छ कि मिल्दैन भन्दै प्रश्न गरेकी हुन् ।

 

उनले जेन-जी आन्दोलन हुनुभन्दा दुई दिनअघि भएको एमालेको विधान महाधिवेशनमा आन्तरिक लोकतन्त्रको प्रश्न किन नउठाइएको भन्दै उनले प्रश्न गरेकी छन् ।

 

झाँक्रीले पुनर्गठन हुदा नेतृत्व परिवर्तनसँगै संरचना, कार्यशैली र शक्ति सम्बन्धमा समेत परिवर्तन आवश्यक हुने संकेत गरेकी छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार