नयाँ सिजनमा रियल म्याड्रिडको विजयी शुरुवात

२०८३ भाद्र ०७ आइतवार
सारांश
  • जोसे मोरिन्होको पुनरागमनपछिको पहिलो आधिकारिक खेलमा रियल म्याड्रिडले एस्पान्योललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

काठमाण्डौ, ०७ भाद्र । स्पेनिस ला लिगाको नयाँ सिजनमा रियल म्याड्रिडले विजयी सुरुवात गरेको छ । जोसे मोरिन्होको पुनरागमनपछिको पहिलो आधिकारिक खेलमा रियल म्याड्रिडले एस्पान्योललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

 

खेलको नवौँ मिनेटमा जुड बेलिङ्घमले गोल गर्दै रियल म्याड्रिडलाई अग्रता दिलाएका थिए । अर्दा गुलरको पासमा बेलिङ्घमले हेडमार्फत गोल गरेका थिए ।

 

एस्पान्योलले ३०औँ मिनेटमा एलेक्स कालात्राभाको गोलमार्फत खेल बराबरीमा ल्याएको थियो । जाभी हर्नान्डेजको पासमा कालात्राभाले गोल गरेका थिए ।

 

त्यसपछि दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि निर्धारित समयमा थप गोल हुन सकेन । रियल म्याड्रिडका लागि ९०औँ मिनेटमा कार्लोस एस्पीले निर्णायक गोल गरे । मैदान प्रवेश गरेको केही समयमै उनले गोल गर्दै टोलीलाई तीन अंक दिलाएका थिए ।

 

यस जितसँगै मोरिन्होले रियल म्याड्रिडको दोस्रो कार्यकाल विजयी शुरुवात गरेका छन् । रियल म्याड्रिडले खेलमा बलमाथि बढी नियन्त्रण राख्दै २० पटक प्रहार गरेको थियो ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार