- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय समितिका सदस्यहरूका लागि 'नीति, संगठन र नेतृत्व' (रास्वपा कार्यशाला), श्रृंखला-१ आज सकिँदैछ ।
काठमाण्डौ, ०७ भाद्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय समितिका सदस्यहरूका लागि 'नीति, संगठन र नेतृत्व' (रास्वपा कार्यशाला), श्रृंखला-१ आज सकिँदैछ ।
काठमाडौँको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा शनिवारदेखि सुरु भएको दुई दिने कार्यशाला आज सकिन लागेको हो ।
कार्यशालालाई अनिल चित्रकार, प्रमोद न्यौपाने र आनन्द मिश्रले सहजीकरण गरिरहेको रास्वपाले जानकारी दिएको छ । दोस्रो दिन आज पार्टीको सांगठानिक संरचना, मिडिया र सोसल मिडियाको प्रयोग, राजनीतिज्ञको रुपमा एआईको प्रयोग गर्ने तरिका, २१औ शताब्दीमा राजनीतिक पार्टीको निर्माण लगायतका विषयमा प्रस्तुति हुने बताइएको छ ।
यसअघि कार्यशालामा पहिलो दिन अर्थमन्त्री समेत रहेका डा. स्वर्णिम वाग्लेले प्रस्तावनाको व्याख्या, सामाजिक लोकतन्त्र र त्यसका आधारहरुका बारेमा बोलेका थिए भने महामन्त्री विपिन आचार्यले पार्टीको आधारभूत मुल्य मान्यता, स्थानीय निर्वाचनका लागि उम्मेदवार छनौटको रुपरेखा बारे प्रस्तुति दिएका थिए । त्यस्तै कार्यशालामा बजेट निर्माणका विज्ञानिक प्रक्रिया र पार्टी र सरकारको अन्तर सम्बन्ध, समस्या र समाधानका उपाय बारे समेत प्रस्तुति भएको बताइएको छ ।
आज कार्यशालाको समापनका क्रममा सभापति रवि लामिछानेले मन्तव्य दिने कार्यतालिका रहेको जानकारी दिइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।