आज अन्तर्राष्ट्रिय आतङ्कवाद पीडित सम्झना तथा सम्मान दिवस मनाइँदै

२०८३ भाद्र ०५ शुक्रवार
सारांश
  • आतङ्कवादी घटनाबाट ज्यान गुमाएका तथा प्रभावित भएका व्यक्तिको सम्झना र सम्मानमा हरेक वर्ष अगस्ट २१ मा अन्तर्राष्ट्रिय आतंकवाद पीडित सम्झना तथा सम्मान दिवस मनाइन्छ ।

काठमाण्डौ, ०५ भाद्र । आतङ्कवादी घटनाबाट ज्यान गुमाएका तथा प्रभावित भएका व्यक्तिको सम्झना र सम्मानमा हरेक वर्ष अगस्ट २१ मा अन्तर्राष्ट्रिय आतंकवाद पीडित सम्झना तथा सम्मान दिवस मनाइन्छ ।

 

संयुक्त राष्ट्रसंघले सन् २०१७ मा यो दिवस मनाउने निर्णय गरेको हो । आतङ्कवादी घटनापछि पीडितले शारीरिक, मानसिक, सामाजिक र आर्थिक समस्यासँग लामो समय संघर्ष गर्नुपर्ने भएकाले उनीहरूको अधिकार संरक्षण र आवश्यक सहयोगमा जोड दिइँदै आएको छ ।

 

संयुक्त राष्ट्रसंघले सदस्य राष्ट्रलाई आतंकवाद पीडित र उनीहरूका परिवारका तत्कालीन तथा दीर्घकालीन आवश्यकता सम्बोधन गर्न व्यापक सहायता योजना बनाउन आग्रह गर्दै आएको छ । साथै पीडितको आवाज सुन्ने, उनीहरूको अधिकार सुनिश्चित गर्ने र समाजमा पुनःस्थापित हुन सहयोग गर्ने विषयलाई प्राथमिकता दिइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार