झुटा विवरण पेस गरी शिक्षक नियुक्ति लिएको आरोपमा दुई जनाविरुद्ध मुद्दा

३ भाद्र, २०८३, बुधवार
सारांश
  • अनुसन्धानका क्रममा केसीले आफू विस्थापित शिक्षक नभएको तथा स्थायी शिक्षक भएपछि राजीनामा दिएको स्वयं स्वीकार गरेको आयोगले जनाएको छ ।

काठमाडौँ: लमजुङको सुन्दरबजार नगरपालिकास्थित आदर्श बाल माध्यमिक विद्यालयमा कार्यरत शिक्षक नवराज केसीले झुटा विवरण पेस गरी माध्यमिक तहको स्थायी नियुक्ति लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

 

आयोगका अनुसार केसीले यसअघि माध्यमिक तहको अस्थायी शिक्षक पदबाट राजीनामा दिएर प्राथमिक तहमा स्थायी नियुक्ति लिएका थिए । तर, शिक्षक सेवा आयोगले अस्थायी तथा विस्थापित शिक्षकलाई आन्तरिक प्रतिस्पर्धामा सहभागी गराउने गरी निकालेको विज्ञापनमा आफू विस्थापित शिक्षक भएको झुटा विवरण पेस गरी माध्यमिक तहको परीक्षामा सहभागी भएका थिए ।

 

अनुसन्धानका क्रममा केसीले आफू विस्थापित शिक्षक नभएको तथा स्थायी शिक्षक भएपछि राजीनामा दिएको स्वयं स्वीकार गरेको आयोगले जनाएको छ ।

 

विज्ञापनमा आवेदन दिने शिक्षक विस्थापित वा अस्थायी रूपमा कार्यरत रहेको विवरण सम्बन्धित जिल्ला शिक्षा कार्यालयबाट प्रमाणित गर्नुपर्ने व्यवस्था भए पनि केसीले पेस गरेको झुटो विवरण तत्कालीन जिल्ला शिक्षा कार्यालयका निमित्त जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपानेले स्वीकृत गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।

 

आयोगले केसी र न्यौपानेको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसुरजन्य भएको ठहर गर्दै दुवै जनालाई कानुनबमोजिम सजायको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार