नेप्से १९.३४ अंकले घट्यो, ५ अर्ब ७ करोडको कारोबार

२ भाद्र, २०८३, मगलवार
सारांश
  • आज, सबैभन्दा बढी सर्वोत्तम पेन्ट्सको शेयर १४.९९ प्रतिशतले बढेको छ भने माउन्ट एभरेष्ट पावरको शेयर १४.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सगरमाथा जलविद्युतको शेयर १०.६३ प्रतिशतले घटेको छ ।

काठमाडौँ: नेप्सेमा सामान्य गिरावट आएको छ । आज मंगलबार नेप्से १९.३४ अंकले घटेर २६२२.४८ विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३४७ कम्पनिका एक करोड ५१ लाख ९६ हजार ९८२ कित्ता शेयर ५ अर्ब ७ करोड ३५ लाख १८ हजार ६६२ मा कारोबार भएको थियो । आज ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

 

आज, सबैभन्दा बढी सर्वोत्तम पेन्ट्सको शेयर १४.९९ प्रतिशतले बढेको छ भने माउन्ट एभरेष्ट पावरको शेयर १४.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सगरमाथा जलविद्युतको शेयर १०.६३ प्रतिशतले घटेको छ ।

 

त्यस्तै आज सबै भन्दा बढी अग्रिकल्चरल बन्डको ५० करोड ६८ लाख बराबरको कारोबार भएको छ भने सोलु हाइड्रोको ३९ करोड १४ लाख बराबरको कारोबार भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार