कुमार नगरकोटीलाई प्रज्ञा प्रतिष्ठानको कुलपति बनाइएकोप्रति संसदमा उठ्यो प्रश्न
२ भाद्र, २०८३, मगलवार
- उनले आवेदकहरूको सर्टलिस्ट सार्वजनिक नगरिएको, अन्तर्वार्ता भए–नभएको समेत स्पष्ट नभएको भन्दै प्रश्न गरिन्।
काठमाडौं: साहित्यकार कुमार नगरकोटीलाई प्रज्ञा प्रतिष्ठानको कुलपति नियुक्त गरिएको विषयलाई लिएर प्रतिनिधिसभामा प्रश्न उठेको छ। महिलाप्रतिको गलत दृष्टिकोण राख्ने व्यक्तिलाई कुलपति नियुक्त गरिएको भन्दै एमाले सांसद भूमिका लिम्बुले विरोध जनाएकी छन्।
सांसद लिम्बुले बैठकमा बोल्दै प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सदस्य नियुक्तिको प्रक्रिया अपारदर्शी भएको आरोप लगाइन्।
उनले भनिन्, ‘अघिल्लो सरकारले गरेका नियुक्तिहरू अध्यादेशमार्फत खारेज गरियो र योग्य व्यक्तिलाई ल्याउने भनियो। तर योग्य ठहर्याउने आधार र प्रक्रिया के हो ? तीन महिनाअघि दरखास्त आह्वान गरियो। तर सिफारिस समिति र मन्त्रालयले भित्रभित्रै नाम संकलन गरेको देखियो। कसले दरखास्त दियो भन्ने विषयमा पारदर्शिता भएन। एकैपटक नियुक्ति पाउनेहरूको सूची सार्वजनिक गरियो।’
उनले आवेदकहरूको सर्टलिस्ट सार्वजनिक नगरिएको, अन्तर्वार्ता भए–नभएको समेत स्पष्ट नभएको भन्दै प्रश्न गरिन्। ‘आवेदकहरूको सर्टलिस्ट कहाँ छ ? अन्तर्वार्ता भयो कि भएन ? आफ्नै मान्छे ल्याउनु थियो भने दरखास्त आह्वान गर्ने नाटक किन गरियो ?’ उनले प्रश्न गरिन्।
लिम्बुले प्रज्ञा प्रतिष्ठान सामान्य सरकारी जागिर खाने निकाय मात्र नभएको बताइन्। देशको भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनको जिम्मेवारी पाएको संस्थाको नेतृत्व गर्ने व्यक्तिको नैतिक आचरणसमेत मूल्यांकन हुनुपर्ने उनको भनाइ छ।
नगरकोटीको नियुक्तितर्फ संकेत गर्दै उनले भनिन्, ‘महिलाप्रतिको सोच, दृष्टिकोण र सार्वजनिक भाषाशैलीमाथि नैतिक प्रश्न उठेको व्यक्तिलाई कुलपति बनाउनु आफैंमा गम्भीर नैतिक प्रश्न हो। यो सदनमा प्रतिनिधित्व गर्ने ३५ प्रतिशत महिला माननीय र आम नेपाली महिलाप्रतिको अपमान हो।’
उनले सार्वजनिक पदमा नियुक्त हुने व्यक्तिको प्राज्ञिक योग्यतासँगै नैतिक आचरण पनि मूल्यांकन गरिनुपर्नेमा जोड दिइन्। ‘कुलपति बन्न प्राज्ञिक योग्यता मात्र पर्याप्त हुने हो कि नैतिक आचरण पनि शुद्ध हुनुपर्छ ?’ उनले प्रश्न गरिन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
आशिका तामाङले संसदको बैठक छोडेर हिडेपछि...
-
परराष्ट्रमन्त्री खनालसँग युरोपेली संघकी राजदूत लोरेन्जोको बिदाइ भेट
-
कुमार नगरकोटीलाई प्रज्ञा प्रतिष्ठानको कुलपति बनाइएकोप्रति संसदमा उठ्यो प्रश्न
-
भोलि विश्वासको मत लिँदै सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट
-
बर्षामान पुनको प्रश्न- जनताले कतिवटा लाइन लाग्नुपर्ने हो ?
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।