भारतीय सेनाध्यक्ष सेठबाट शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण

२ भाद्र, २०८३, मगलवार
सारांश
  • भ्रमणका क्रममा उनले कलेजका विविध गतिविधिबारे जानकारी लिनुका साथै कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरूसँग अन्तरक्रिया गरेका थिए ।

काठमाडौँ: नेपालको औपचारिक भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिवपुरीस्थित नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरेका छन् ।

 

भ्रमणका क्रममा उनले कलेजका विविध गतिविधिबारे जानकारी लिनुका साथै कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरूसँग अन्तरक्रिया गरेका थिए ।

 

मध्यम तहका अधिकृतहरूको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्न महत्त्वपूर्ण उक्त तालिममा १० विदेशी र ८२ नेपाली गरी जम्मा ९२ जना शिक्षार्थी अधिकृतहरू सहभागी छन् । विस २०४९ पौष १४ गते स्थापना भएको सो कलेजबाट हालसम्म नेपाली सेनाका १३०८, नेपाल प्रहरीका १७, सशस्त्र प्रहरी बल, नेपालका २९, राष्ट्रिय अनुसन्धान विभागका २०, रक्षा मन्त्रालयका १ र विभिन्न राष्ट्रहरूका १३२ गरी जम्मा १५०७ जना शिक्षार्थी अधिकृतहरू प्रशिक्षित भइसकेका छन् ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार