परराष्ट्रमन्त्री खनालसँग युरोपेली संघकी राजदूत लोरेन्जोको बिदाइ भेट

२ भाद्र, २०८३, मगलवार
सारांश
  • भेटमा राजदूत लोरेन्जोले नेपालमा आफ्नो कार्यकालका क्रममा सरकार र नेपाली जनताबाट प्राप्त सहयोग तथा सहकार्यप्रति आभार व्यक्त गरिन् ।

काठमाडौँ: परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोलाई बिदाइ भेट गरेकी छन् ।

 

परराष्ट्र मन्त्रालयमा मंगलबार भएको भेटमा मन्त्री खनालले नेपाल-युरोपेली संघ सम्बन्धलाई थप सुदृढ बनाउन राजदूत लोरेन्जोले गरेको योगदानको प्रशंसा गर्दै आगामी कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए ।

 

भेटमा राजदूत लोरेन्जोले नेपालमा आफ्नो कार्यकालका क्रममा सरकार र नेपाली जनताबाट प्राप्त सहयोग तथा सहकार्यप्रति आभार व्यक्त गरिन् ।

 

राजदूत लोरेन्जोले आजै परराष्ट्र सचिव अमृतबहादुर राईसँग पनि बिदाइ भेट गरेकी थिइन् । सचिव राईले नेपाल र युरोपेली संघबीचको साझेदारीलाई थप मजबुत बनाउन राजदूत लोरेन्जोले पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनका लागि शुभकामना दिएका थिए ।

 

राजदूत लोरेन्जोले आफ्नो कार्यकालमा प्राप्त सहयोगका लागि नेपाल सरकार र नेपाली जनताप्रति कृतज्ञता व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

मोदी शासनको १२ वर्ष: सांस्कृतिक पुनरुत्थान देखि आर्थिक समृद्धिसम्म

भारतले पछिल्ला वर्षहरूमा केवल आर्थिक र प्राविधिक क्षेत्रमा प्रगति गरेको छैन, अन्तर्राष्ट्रिय कूटनीतिमा पनि आफ्नो प्रभाव विस्तार गर्ने प्रयास गरेको देखिन्छ।

थप समाचार