आशिका तामाङले संसदको बैठक छोडेर हिडेपछि...

२ भाद्र, २०८३, मगलवार
सारांश
  • बैठकमा परराष्ट्रमन्त्री खनालले संसदमा यसअघि तामाङले नै उठाएको विषय कम्बोडियामा मृत्यु भएका धादिङका सन्तोष राईको शव नेपाल ल्याउन भइरहेको पहल र कानुनी अड्चन बारे जवाफ दिएका थिए ।

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले संसदको बैठक छोडेर हिडेकी छन् ।

 

मंगलबार प्रतिनिधि सभाको बैठकमा पराष्ट्रमन्त्री शिशिर खनाललाई प्रश्न सोध्न नपाएपछि उठेर बोलिरहेकी तामाङलाई सभामुख डिपी अर्यालले संसदको मर्यादा कायम गर्न भनेपछि रिसाएर संसदको बैठक छोडेर हिडेकी हुन् ।

 

बैठकमा परराष्ट्रमन्त्री खनालले संसदमा यसअघि तामाङले नै उठाएको विषय कम्बोडियामा मृत्यु भएका धादिङका सन्तोष राईको शव नेपाल ल्याउन भइरहेको पहल र कानुनी अड्चन बारे जवाफ दिएका थिए ।

 

सांसद तामाङले सोमबारको बैठकमा यो प्रश्न सरकारलाई सोधेर उठेर विरोध गर्ने बताएपछि सभामुख अर्यालले तीन दिनभित्र जवाफ दिन सरकारलाई रुलिङ गरेका थिए ।

 

तर आजको बैठकमा मन्त्री खनालको जवाफमाथि प्रश्न गर्न खोजेपछि सभामुखले त्यस्तो व्यवस्था नरहेको र मर्यादामा बस्न सचेत गराएपछि उनी उठेर हिडेकी थिइन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

मोदी शासनको १२ वर्ष: सांस्कृतिक पुनरुत्थान देखि आर्थिक समृद्धिसम्म

भारतले पछिल्ला वर्षहरूमा केवल आर्थिक र प्राविधिक क्षेत्रमा प्रगति गरेको छैन, अन्तर्राष्ट्रिय कूटनीतिमा पनि आफ्नो प्रभाव विस्तार गर्ने प्रयास गरेको देखिन्छ।

थप समाचार