- बेलायतको रक्षा मन्त्रालयले भने आफू युक्रेनको साथमा दृढतापूर्वक उभिएको जनाएको छ । मन्त्रालयका प्रवक्ताले रुसले युक्रेनमाथिको आक्रमण तथा बेलायत र उसका साझेदारविरुद्धको गतिविधिको सामना गर्न बेलायती सरकार दृढ रहेको बताएका छन् ।
काठमाडौँ: बेलायतमा निर्मित ड्रोन प्रयोग गरेर रुसभित्र सैन्य तथा औद्योगिक क्षेत्रमा पछिल्ला आक्रमण भएको पुष्टि भएपछि रुसले बेलायतमाथि युक्रेन संकटलाई जानाजानी थप चर्काएको आरोप लगाएको छ ।
बेलायतस्थित रुसी दूतावासले विज्ञप्ति जारी गर्दै युक्रेनमा बेलायतको संलग्नता जति गहिरिँदै जान्छ, उसले चुकाउनुपर्ने मूल्य पनि त्यति नै बढ्ने चेतावनी दिएको छ । दूतावासले बेलायतका पछिल्ला गतिविधिको परिणाम अनिवार्य रूपमा आउने र त्यसको जवाफ बेलायतले दिनुपर्ने जनाएको छ ।
युक्रेनले पछिल्ला दिनमा रुसको राजधानी मस्कोसहित देशका विभिन्न क्षेत्रमा आफ्नो भूमिभित्रैबाट लामो दूरीका ड्रोन तथा क्षेप्यास्त्रमार्फत आक्रमण तीव्र पारेको छ । विशेषगरी रुसी तेल प्रशोधन केन्द्र, ढुवानी तथा भण्डारण संरचना र प्रमुख व्यापारिक कम्पनीका वितरण केन्द्रलाई निशाना बनाइएको छ ।
बेलायतको रक्षा मन्त्रालयले भने आफू युक्रेनको साथमा दृढतापूर्वक उभिएको जनाएको छ । मन्त्रालयका प्रवक्ताले रुसले युक्रेनमाथिको आक्रमण तथा बेलायत र उसका साझेदारविरुद्धको गतिविधिको सामना गर्न बेलायती सरकार दृढ रहेको बताएका छन् ।
रुसले यसअघि पनि युक्रेनलाई ड्रोन प्रविधि तथा ‘स्टोर्म स्याडो’ क्षेप्यास्त्र उपलब्ध गराएको भन्दै बेलायतलाई चेतावनी दिँदै आएको थियो । पछिल्लो विज्ञप्तिमा भने मस्कोले बेलायतविरुद्ध कस्तो कदम चाल्न सक्ने हो भन्ने स्पष्ट पारेको छैन ।
यसैबीच, युक्रेनले रुसभित्र गरेको निरन्तर आक्रमणले रुसी इन्धन आपूर्ति र अर्थतन्त्रमा समेत असर पारिरहेको बताइएको छ । बेलायतले सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेदेखि नै युक्रेनलाई प्रमुख अन्तर्राष्ट्रिय सहयोग प्रदान गर्दै आएको छ ।
बेलायतको रक्षा मन्त्रालयले युक्रेनलाई आफ्नो रक्षा गर्न आवश्यक उपकरण उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ । गत अप्रिलमा बेलायतले युक्रेनलाई लामो दूरीबाट प्रहार गर्न सक्ने उपकरणसहित हजारौँ ड्रोन उपलब्ध गराउने घोषणा गरेको थियो ।
पछिल्लो दुई दिनमा मात्रै युक्रेनी सेनाले मस्को क्षेत्रतर्फ सयौँ ड्रोन प्रहार गरेको रुसी अधिकारीहरूले बताएका छन् । मस्को क्षेत्रका गभर्नर आन्द्रे भोरोब्योभका अनुसार मंगलबार भएको आक्रमणमा १० वर्षीया बालिका घाइते भएकी छन् भने प्रमुख व्यापारिक कम्पनीको वितरण केन्द्रमा क्षति पुगेको छ ।
रुसी अधिकारीहरूका अनुसार पछिल्लो रात मस्को आसपासको क्षेत्रमा करिब ६२० ड्रोन उडाइएको थियो । रुसी हवाई सुरक्षा प्रणालीले तीमध्ये १८० भन्दा बढी ड्रोन नष्ट गरेको दाबी गरिएको छ। आक्रमणमा केही मानिस घाइते भएको जनाइएको छ । सम्बन्धित कम्पनीले आफ्नो वितरण केन्द्रमा सामान्य क्षति पुगेको जनाएको छ ।
यसअघि शनिबार राति युक्रेनले रुसतर्फ करिब ८२२ ड्रोन प्रहार गरेको रुसी अधिकारीहरूले बताएका थिए । तीमध्ये करिब ६०० ड्रोन मस्कोतर्फ लक्षित रहेको दाबी गरिएको थियो । उक्त आक्रमणलाई मस्को क्षेत्रमा पछिल्लो समयकै सबैभन्दा ठूलो ड्रोन आक्रमणमध्ये एक भनिएको छ । रुसका विभिन्न क्षेत्रमा भएको सो आक्रमणमा सात जनाको मृत्यु भएको बताइएको छ ।
यता, युक्रेनमाथि रुसले गरेको पछिल्लो क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । सबैभन्दा ठूलो क्षति उत्तरपूर्वी युक्रेनको पेचेनीही गाउँमा भएको छ । त्यहाँ घर, एक भोजनालय र हुलाक कार्यालयमा आक्रमण हुँदा १० गाउँलेको मृत्यु भएको छ । सुमीमा तीन जना, जापोरिजियामा दुई जना र खेर्सनमा दुई जनाको मृत्यु भएको बताइएको छ । पूर्वी क्षेत्रमा अग्रपंक्तिनजिक रहेको इज्युममा पाँच जना घाइते भएका छन् । राजधानी किएभमा पनि रातभर पाँच चरणमा आक्रमण भएको जनाइएको छ।
यसअघि शनिबार राति रुसले युक्रेनमा गरेको आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको र ३९ जनाभन्दा बढी घाइते भएका थिए ।
रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि पूर्ण सैन्य आक्रमण सुरु गरेको थियो। हाल रुसले युक्रेनको करिब पाँच भागको एक भाग भूभाग नियन्त्रणमा राखेको बताइन्छ । युक्रेनले आफ्नै उत्पादनका ड्रोन तथा क्षेप्यास्त्रसमेत प्रयोग गर्दै रुसभित्र आक्रमण विस्तार गरिरहेको छ । बेलायतका दुई कम्पनीले किएभलाई उपलब्ध गराइएका ड्रोन निर्माण गरेको बताइएको छ ।
रुसी अधिकारीहरूले पछिल्ला युक्रेनी आक्रमणबाट रुसको अर्थतन्त्रमा ३५ अर्ब पाउन्डभन्दा बढीको क्षति भएको दाबी गरेका छन् । रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले यसअघि पनि बेलायती उपकरण तथा संरचना प्रयोग भएका ड्रोनबाट रुसी भूमिमा आक्रमण भएको आरोप लगाएकी थिइन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भारतीय सेनाध्यक्ष सेठबाट शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण
-
युक्रेनलाई ड्रोन दिएको भन्दै बेलायतलाई रुसको चेतावनी
-
इमरानलाई ४८ घण्टाभित्र अस्पताल भर्ना गर्न पाकिस्तानी सर्वोच्च अदालतको आदेश
-
१५औँ महाधिवेशन बारे काँग्रेसले के के निर्णय गर्यो ?
-
नेप्से १९.३४ अंकले घट्यो, ५ अर्ब ७ करोडको कारोबार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।