पोखराका दुई सय परिवारलाई विधुतीय चुल्हो वितरण

२०८३ भाद्र ०२ मङ्गलवार
सारांश
  • महानगर प्रमुख आचार्यले बजारमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि त्यसको विकल्पका रूपमा नगरवासीलाई विधुतीय चुल्हो वितरण गरिएको बताए ।

पोखरा, ०२ भाद्र । पोखरा महानगरपालिका–२२ का दुई सय परिवारलाई विधुतीय चुल्हो वितरण गरिएको छ । महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्थानीयवासीलाई विधुतीय चुल्हो हस्तान्तरण गरेका हुन् ।

 

महानगर प्रमुख आचार्यले बजारमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि त्यसको विकल्पका रूपमा नगरवासीलाई विधुतीय चुल्हो वितरण गरिएको बताए । उनले खाना पकाउन विधुतीय ऊर्जाको प्रयोग बढाउन सके ग्यासमा रहेको परनिर्भरता घटाउनुका साथै स्वदेशमै उत्पादन भएको विधुतको खपत बढाउन सकिने बताए ।

 

महानगरपालिकाले वैकल्पिक ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्दै नगरवासीलाई सहज र भरपर्दो ऊर्जा उपलब्ध गराउने उद्देश्यले विधुतीय चुल्हो वितरण गरेको जनाएको छ ।

 

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लागत साझेदारीमा चुल्हो वितरण गरिएको हो । वडा नं. २२ का कालाबाङ, भुम्दीलगायत पाँचवटा टोलमा बसोबास गर्ने परिवारलाई चुल्हो वितरण गरिएको वडाध्यक्ष हिमलाल बरालले बताए ।

 

खाना पकाउने ग्यासको चरम अभाव भइरहेका बेला नागरिकको चुल्हो नै निभ्ने अवस्था आएपछि सहुलियतमा विधुतीय चुल्हो उपलब्ध गराइएको उनले बताए । उनका अनुसार यस अभियानअन्तर्गत वडामा करिब दुई हजारभन्दा बढी विधुतीय चुल्हो वितरण गरिनेछ ।

पोखरा महानगरपालिकाको पञ्चवर्षीय नगर ऊर्जा योजनाले सन् २०२९ सम्म महानगरभित्रका २५ प्रतिशत घरधुरीमा विधुतीय चुल्होको पहुँच पुर्‍याउने लक्ष्य राखेको छ ।

 

जर्मन अन्तर्राष्ट्रिय सहयोग नियोग, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, विन्डपावर नेपाल र युरोपेली सङ्घको सहयोगमा पोखरा महानगरपालिकाको सहरी योजना आयोगले तयार गरेको नगर ऊर्जा योजनाले विसं २१०० अर्थात् सन् २०४३ सम्म पोखरालाई कार्बन तटस्थ सहर बनाउने लक्ष्य लिएको छ ।

 

पोखराको हालको ऊर्जा उपभोगअनुसार खाना पकाउन प्रयोग हुने इन्धनमध्ये ग्यासको हिस्सा ८४.२५ प्रतिशत छ । यस्तै, बायोग्यासको हिस्सा ५.२५ प्रतिशत, काठ तथा दाउराको १०.२७ प्रतिशत र विधुतको हिस्सा ०.२३ प्रतिशत मात्रै रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

मोदी शासनको १२ वर्ष: सांस्कृतिक पुनरुत्थान देखि आर्थिक समृद्धिसम्म

भारतले पछिल्ला वर्षहरूमा केवल आर्थिक र प्राविधिक क्षेत्रमा प्रगति गरेको छैन, अन्तर्राष्ट्रिय कूटनीतिमा पनि आफ्नो प्रभाव विस्तार गर्ने प्रयास गरेको देखिन्छ।

थप समाचार