काठमाण्डौ महानगरका ३६ सामुदायिक विद्यालयमा प्रधानाध्यापकका लागि दरखास्त आह्वान
२०८३ भाद्र ०२ मङ्गलवार
- काठमाण्डौ महानगरपालिकाले महानगरअन्तर्गत सञ्चालित २२ माध्यमिक र १४ आधारभूत सामुदायिक विद्यालयका प्रधानाध्यापक पदका लागि दरखास्त आह्वान गरेको छ ।
काठमाण्डौ, ०२ भाद्र । काठमाण्डौ महानगरपालिकाले महानगरअन्तर्गत सञ्चालित २२ माध्यमिक र १४ आधारभूत सामुदायिक विद्यालयका प्रधानाध्यापक पदका लागि दरखास्त आह्वान गरेको छ ।
रिक्त रहेका तथा पदावधि सकिन एक महिनाभन्दा कम समय बाँकी रहेका प्रधानाध्यापक पदमा पदपूर्ति गर्न महानगरपालिकाले योग्य स्थायी शिक्षकबाट दरखास्त माग गरेको हो ।
योग्यता पुगेका इच्छुक स्थायी शिक्षकले २०८३ भदौ १६ गतेभित्र आवश्यक कागजात र विद्यालय विकास प्रस्तावसहित सम्बन्धित विद्यालयमा दरखास्त पेस गर्नुपर्नेछ ।
प्रधानाध्यापक पदका लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता, उम्मेदवारीको प्राथमिकता, छनोट प्रक्रिया, विद्यालयको विवरण तथा दरखास्त फारामको ढाँचा काठमाण्डौ महानगरपालिकाको आधिकारिक वेबसाइट वा शिक्षा विभागबाट प्राप्त गर्न सकिने महानगरपालिकाले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
मोदी शासनको १२ वर्ष: सांस्कृतिक पुनरुत्थान देखि आर्थिक समृद्धिसम्म
भारतले पछिल्ला वर्षहरूमा केवल आर्थिक र प्राविधिक क्षेत्रमा प्रगति गरेको छैन, अन्तर्राष्ट्रिय कूटनीतिमा पनि आफ्नो प्रभाव विस्तार गर्ने प्रयास गरेको देखिन्छ।