स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग छलफल

२९ श्रावण, २०८३, शुक्रवार
सारांश
  • शुक्रबार भएको भेटमा नेपालमा महिला तथा बालबालिकाको स्वास्थ्य,मातृ स्वास्थ्य तथा जनसंख्या व्यवस्थापनका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको हो।

काठमाडौ: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए)का नेपाल प्रतिनिधिले भेटवार्ता गरेका छन् ।

 

शुक्रबार भएको भेटमा नेपालमा महिला तथा बालबालिकाको स्वास्थ्य,मातृ स्वास्थ्य तथा जनसंख्या व्यवस्थापनका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको हो।

 

भेटका क्रममा मन्त्री मेहता र युएनएफपिएका प्रतिनिधिहरुबीच नयाँ जिम्मेवारीका लागि बधाई तथा शुभकामना आदानप्रदान भएको थियो । सो अवसरमा नेपालले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा अघि बढाएका सुधारका कामबारे समेत छलफल भएको थियो ।

 

युएनएफपिएले नेपालमा महिला तथा बालबालिकाको स्वास्थ्य सेवामा पहुँच र सेवाको गुणस्तर सुधार,प्रभावकारी रेफरल प्रणाली,परिवार नियोजन तथा लैंगिक समानताका क्षेत्रमा गर्दै आएको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।

 

त्यस्तै,मिडवाइफरी सेवा विस्तार,मानसिक स्वास्थ्य,जलवायु परिवर्तनको प्रभाव र मातृ स्वास्थ्य,जनसंख्या नीति तथा स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि लगायतका विषयमा समेत छलफल भएको थियो ।

 

नेपालले महिला तथा बालबालिकाको स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धि र अभ्यासबाट अन्य देशले समेत सिक्न सक्ने विषयमा युएनएफपिए प्रतिनिधिहरुले चासो व्यक्त गरेका थिए ।

 

भेटमा समसामयिक स्वास्थ्य चुनौतीको गहन विश्लेषण गर्दै तत्कालीन कार्यक्रमभन्दा दीर्घकालीन प्रभाव पार्ने गरी स्वास्थ्य क्षेत्रमा सहयोग र सहकार्य अघि बढाउने विषयमा समेत छलफल भएको थियो। मन्त्रालय र युएनएफपिएबीच प्राथमिकताका क्षेत्रमा सहकार्यलाई थप सुदृढ गर्दै स्वास्थ्य सेवाको पहुँच, गुणस्तर र प्रभावकारिता बढाउने दिशामा अघि बढ्ने समझदारी भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार