- त्यसमा जवाफ दिँदै परिवर्तनको लागि महान् जनादेश पाएको सरकारमा कोही एक्लो नभएको बताएका छन्।
काठमाडौं: प्रधानमन्त्री बालेन शाहलाई रास्वपाका नेता मनिष झाले जवाफ फर्काएका छन्। हिजो मध्यराति फेसबुकमा प्रधानमन्त्री शाहले सत्यको पक्षमा कहिलेकाहीँ एक्लै लड्नुपर्ने स्टाटस लेखेका थिए।
हिजो सरकारको कार्यशैलीलाई लिएर सदनमा सत्तापक्षकै सांसदहरूबाट चर्को आलोचना भएपछि प्रधानमन्त्रीले लेखेका थिए, केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्। सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ। कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।
त्यसमा जवाफ दिँदै परिवर्तनको लागि महान् जनादेश पाएको सरकारमा कोही एक्लो नभएको बताएका छन्।
उनले भनेका छन्, ‘हामी सबै साथमा छौँ। हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शङ्का छैन तर सुधार गर्नै पर्ने केही पक्ष छन्। यो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहनेछ।’
जननिर्वाचित सरकार जनताको साथमा हुनुपर्ने उनको भनाइ छ। उनले भनेका छन्, ‘म सकारको साथमा छु। यहाँ कोही एक्लो छैन।’
हिजो सदनमा बोल्दै सरकारमाथि कुनै शङ्का नभएपनि सञ्चालनमा ढङ्ग नपुगेको टिप्पणी गरेका थिए।
उनले भने, ‘सरकारमाथि कुनै कुनै पनि शङ्का छैन। कुनै प्रश्न छैन। तर कता कता ढङ्ग नपुगेको हो कि भन्ने लाग्छ। त्यो स्वीकार्नु पर्छ। आफूलाई के थाहा छैन भन्ने कुरा नेतृत्वले बुझ्नुपर्छ। त्यसैले राज्य सञ्चालनको कुराहरूमा ढङ्ग सुधार्नुपर्छ।’
उनले निर्वाचित प्रतिनिधि जनतासँग जोडिनुपर्ने भन्दै कालो चस्मा पनि हटाउनुपर्ने टिप्पणी गरेका थिए।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
'इन्डक्सनमा भ्याट, ग्यासमा लाइन—यो कस्तो विडम्बना? : कुलमान घिसिङ
-
प्रधानमन्त्री बालेनलाई सांसद झाको जवाफ: 'यहाँ कोही एक्लो छैन'
-
काँग्रेस महामन्त्री पौडेलद्वारा कालीकोटमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको निन्दा
-
मध्यपूर्वमा नयाँ सुरक्षा समीकरणः साउदी, पाकिस्तान र टर्कीबीच रक्षा सम्झौता
-
कांग्रेसको झोले हुँ भनेर छाती पिट्न सक्ने गर्विलो पार्टी बनाउँछौँ: गगन थापा
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।