कांग्रेसको झोले हुँ भनेर छाती पिट्न सक्ने गर्विलो पार्टी बनाउँछौँ: गगन थापा

२३ श्रावण, २०८३, शनिवार
सारांश
  • सर्बोच्च अदालतको पछिल्लो आदेशपछि कांग्रेस एकताका लागि संस्थापनमाथि दबाब बढिरहेका बेला थापाले आत्मा मारेर एकता नहुने बताए ।

काठमाडौँ: नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आत्मा र आदर्श नमर्ने गरी कांग्रेसलाई एकताबद्ध बनाउने बताएका छन् ।

 

सर्बोच्च अदालतको पछिल्लो आदेशपछि कांग्रेस एकताका लागि संस्थापनमाथि दबाब बढिरहेका बेला थापाले आत्मा मारेर एकता नहुने बताए ।

 

भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले विशेष महाधिवेशनबाट पारित पार्टीको बिचार र आत्मा नमारीकन एकताबद्ध बनाउने बताए ।

 

उनले त्यसका लागि आजै पदाधिकारी बैठक बस्ने र भोलिबाट चल्ने केन्द्रीय कार्य समिति बैठकले आवश्यक निर्णय गर्ने प्रष्ट पारे ।

 

थापाले सबैलाई गौरव लाग्ने कांग्रेस बनाउँने भन्दै कसैले कांग्रेसको झोले होस् भन्दो छाती पिटेर म कांग्रेसको झोले हुँ भन्न सक्ने गर्विलो पार्टी बनाउने दावी गरे ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार