रमेश प्रसाईको प्रश्न- ग्यासको लाइन देखेर लाज लाग्यो, प्रधानमन्त्री र मन्त्रीक्वाटरमा अभाव छ की छैन ?
२२ श्रावण, २०८३, शुक्रवार
- प्रसाईले कृतिम अभाव सिर्जना गरिएको भने सरकारले किन कारवाही गर्न सकेको छैन भन्दै जनताले नयाँ सरकारमा चिल्ला र ह्याण्डसम अनुहार खोजेको होइन नयाँ चरित्र खोजेको बताए ।
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईले प्रधानमन्त्री र मन्त्रीको घरमा ग्यासको अभाव छ की छैन भन्ने प्रश्न गर्दै सरकारको आलोचना गरेका छन् ।
प्रतिनिधि सभाको बैठकको शुन्य समयमा बोल्दै सांसद प्रसाईले बजारमा ग्यासको अभाव देख्दा लाज लागेको भन्दै प्रधानमन्त्री र मन्त्री क्वाटरमा ग्यासको अभाव छ की छैन भन्ने प्रश्न गरेका छन् ।
उनले चुनावमा रास्वपाको सरकार आए नो लाइन भनेर गरेको भाषण आफैले गरेको भन्दै अहिले ग्यासको लाइन देख्दा आफैलाई लाज लागेको बताए ।
उनले भने- 'चुनाव ताका गरेका भाषणहरु सम्झिदा जहाँ हामी सरकारी कार्यालयमा नो लाइन, रास्वपाको सरकारमा वन्ली अनलाइन भनेर आफैले गरेका भाषण सम्झिदा र आज भात पकाउने ग्यासका लागि जनता दिनभरि र मध्यरातसम्म लाइन बसेको देख्दा मलाई साच्चिकै लाज लागेको छ ।'
प्रसाईले कृतिम अभाव सिर्जना गरिएको भने सरकारले किन कारवाही गर्न सकेको छैन भन्दै जनताले नयाँ सरकारमा चिल्ला र ह्याण्डसम अनुहार खोजेको होइन नयाँ चरित्र खोजेको बताए ।
उनले भने- 'मेरा दुई वटा प्रश्न छन् । एउटा यो ग्यासको अभाव देश भरि छ, मेरो प्रधानमन्त्री र मन्त्री क्वाटरमा ग्यासको अभाव छ की छैन । अर्को यदि कृतिम अभाव सिर्जना भएको हो भने सरकारले ग्यास हवारह्वार्ती आएर पनि कालोबजारी हो भने कालोबजारी गर्नेलाई कानुनको कठघरामा ल्याएर कठोर दण्ड दिन के ले रोकेको छ दुई तिहाईको सरकारलाई ? जनताले नयाँ सरकार खोजेको भनेको चिल्ला र ह्यान्डसम अनुहार खोजेको होइन नयाँ चरित्र खोजेको हो ।'
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
‘विशेष महाधिवेशनको वैधानिकता पुष्टि भइसकेको छ, अदालतमा शानका साथ प्रतिरक्षा गर्छौं’
-
रमेश प्रसाईको प्रश्न- ग्यासको लाइन देखेर लाज लाग्यो, प्रधानमन्त्री र मन्त्रीक्वाटरमा अभाव छ की छैन ?
-
कांग्रेस विवादको पुनरावलोकन, देउवा समूह उत्साहित
-
चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाका लागि अनलाइन आवेदन खुला
-
करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा आज हुँदै
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।