आज प्रतिनिधि सभाका तीन समितिको बैठक बस्दै

२०८३ श्रावण २२ शुक्रवार
सारांश
  • आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र पूर्वाधार विकास समितिको बैठक बस्दैछ ।

काठमाण्डौ, २२ श्रावण । आज प्रतिनिधि सभाका तीन समितिको बैठक बस्दैछ । आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र पूर्वाधार विकास समितिको बैठक बस्दैछ ।

 

बिहान साढे १० बजेदेखि शुरु हुने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा 'पर्यटन  विधेयक, २०८१' सम्बन्धमा विषय विज्ञहरूसँग छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

 

त्यसैगरी, बिहान १० बजेदेखि शुरु हुने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरुको मानव अधिकारको अवस्था सम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदन पेस र छलफलको कार्यसूचि रहेको छ । त्यस्तै समितिको उपसमिति गठनको समेत कार्यसूची रहेको छ ।

 

त्यस्तै, बिहान १० बजेदेखि शुरु हुने पूर्वाधार विकास समितिको बैठकमा विधुतको वितरण लाइन तथा विद्युतका पोलहरु व्यवस्थापन नभएका कारण सडक निर्माणमा भएको ढिलाइको विषयमा उर्जामन्त्री र सचिवसँग छलफलको कार्यसूची रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार