‘विशेष महाधिवेशनको वैधानिकता पुष्टि भइसकेको छ, अदालतमा शानका साथ प्रतिरक्षा गर्छौं’
२२ श्रावण, २०८३, शुक्रवार
- विशेष महाधिवेशनको वैधानिकता अदालतसमक्ष पुनः पुष्टि गर्न आफूहरू तयार रहेको उनले बताएका छन्।
काठमाडौं: नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो नेतृत्वमा सम्पन्न विशेष महाधिवेशन पूर्ण रूपमा विधानसम्मत रहेको दोहोर्याएका छन्। विशेष महाधिवेशनको वैधानिकता अदालतसमक्ष पुनः पुष्टि गर्न आफूहरू तयार रहेको उनले बताएका छन्।
आज पार्टी निकट आदिवासी जनजाति महासंघको कार्यक्रममा बोल्दै थापाले आगामी २४ गते बस्ने पार्टी केन्द्रीय समितिको बैठकमा अदालतको आदेशबारे विस्तृत छलफल गरी पार्टीको आधिकारिक धारणा तय गरिने बताए। यस विषयमा हतार गरेर निर्णय गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ थियो।
थापाले भने, ‘पार्टी विधानले दिएको अधिकार प्रयोग गर्दै सार्वभौम सदस्यहरूले विशेष महाधिवेशन गरेका हुन्। त्यो महाधिवेशन आवश्यक पनि थियो र गर्न पाउने अधिकार पनि थियो। यसको वैधानिकता महाधिवेशनबाटै पुष्टि भइसकेको छ। त्यसपछि निर्वाचन आयोग र सर्वोच्च अदालतको इजलासले समेत त्यसलाई वैध ठहर गरिसकेको छ। अहिले फेरि वैधानिकता पुष्टि गर्नुपर्ने भन्दै अदालतले दिएको अवसरलाई हामी विशेष महाधिवेशनको वैधता पुनः स्थापित गर्ने अवसरका रूपमा लिएका छौँ। हामी अदालतको प्रक्रियामा सम्मानपूर्वक सहभागी हुनेछौँ र आफ्नो पक्षको प्रतिरक्षा गर्नेछौँ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।